Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘प्रचण्ड’को नाम जोडर आएको समाचार गलत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ४ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, ४ साउन: डा गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उहाँका निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा केसीको माग जायज ः प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“डा केसीका विषयमा अध्यक्ष दाहालसँग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा भएको छैन्,” विज्ञप्तिमा भनिएको छ, “डा केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।”

अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद व्यक्त गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan