Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसका सभापति देउवाले केसीलाई भेटेरै भने ,'अनशन जारी राख्नुहोस् है,हामी साथमा छौं'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ४ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डाक्टर गोविन्द केसीलाई आज भेटेर माग पूरा नभएसम्म अनशन जारी राख्न सल्लाह दिएका छन् ।

कांग्रेसका सभापति देउवाले केसीलाई भेटेरै अनशन जारी राख्नुहोस् है,हामी साथमा छौं भने पछि सत्ताधारीहरु विच खैलाबैला मच्चिएको छ ।

त्रि।वि। शिक्षण अस्पतालमा अनशनरत तथा उपचरार्थ डाक्टर केसीलाई आज सभापति देउवाले भेटेर भनेका थिए,‘डाक्टर साहप गो अ हेड, म तपाईको साथमा छु, माग पूरा नभएसम्म अनशन जारी राख्नुहोस ।’उनले थपे ।

सरकारले जुन दुव्र्यवहार जुम्लामा गर्यो त्यसको आफ्नो पार्टीले भत्र्सना गरेको सुनाउँदै उनले आफूहरुको पूर्ण साथ र सहयोग डाक्टर केसीलाई रहेको पनि सुनाएका थिए ।

देउवाले अनसनरत डाक्टर गोविन्द केसी कसैले उचालेर अनसन नबसेको बताएका छन्। शुक्रबार त्रिवि शिक्षण अस्पतालमा डाक्टर केसीलाई भेटेर फर्किएका देवाले डा।केसीको माग तुरून्त पुरा गर्न सरकारलाई अनुरोध गर्दै उनी कसैले उचालेर नउचालिने मान्छे भएको बताएका हुन्।

‘डा।केसी कसैले उचाल्दा उचालिने मान्छे हो र ?, ’ सञ्चारकर्मीसँग देउवाले भने,‘मैले उहाँको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेरै मागबारे अगवत गराएको छु।’

देउवाले डाक्टर केसीको स्वास्थ्यमा खेलबाड नगर्नु भन्दै उनको माग पुरा गराउने सबै सर्वसाधारण जनतालाई साथ दिन आग्रह गरेकाछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan