Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किशोरलाई यौनदुराचार गर्ने विदेशी नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ४ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । १६ वर्षीय किशोरलाई फेसबुकमार्फत साथी बनाएर प्रलोभनमा पारी यौन दुराचार गरेको आरोपमा ६६ वर्षीय विदेशी नागरिक पक्राउ परेका छन् । स्विटजरल्याण्डका ६६ वर्षीय पिटर क्रिश्चियन ल्यांगेनडोर्ट पक्राउ परेका हुन् ।

ल्यांगेनडोर्टले किशोरलाई काठमाडौं र भक्तपुरका विभिन्न होटलमा लगेर यौन दुराचार गरी घटना गोप्य राख्न पैसासमेत दिएको प्रहरीले जनाएको छ ।

ल्यांगेनडोर्टले कसुर गरेको स्वीकारेकाले जबर्जस्ती करणी महलबमोजिम कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

ल्यांगेनडोर्टले काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित ट्रिगर इन, भक्तपुरको दरबार स्वायरस्थित वेलकम हेरिटेज इनमा लगानी गरेको पनि खुलेको छ । यस्तै, रसुवाको लाङटाङ एडुकेशन प्रोजेक्ट र एडु कोर स्विस नेपाल संस्था पनि सञ्चालन गरिरहेको खुलेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan