Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अधिकारीको चुनौति,' चुनाव लडे हुन्छ, उनलाई म घुँडा टेकाउँछु '

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan
newsabhiyan

 काठमाण्डौ । पछिल्लो समय चिकित्सा शिक्षा विधेयकले देश नै तरङ्गित भएको छ । विधेयकका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद चुलिदै गएको छ ।

केपी ओली नेतृत्वको सरकारले संसदमा लगेको विधेयकको विरुद्धमा डा. गोविन्द केसी अनशन बसिरहेका छन् । विधेयकमा भएका कतिपय व्यवस्था परिवर्तन गर्नुपर्ने केसीमा माग छ भने विना संशोधन विधेयक पारित गराउने पक्षमा सरकार छ ।

यही विषयमा कुरा गर्दै प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव रामकुमार अधिकारीले गोविन्द केसीको माग जायज नभएको दाबी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अधिकारीले सरकारले गर्ने काममा हस्तक्षेप गर्ने भए केसीलाई राजनीतिमा आउन चुनौति दिए ।

“हिम्मत भए गोविन्द केसी राजनीतिक गरुन्, चुनाव लडे हुन्छ, उनलाई म घुँडा टेकाउँछु । अब आउने चुनावमा आउनुस्, सँगै लर्डौँ ।” अधिकारीले भने ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan