Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार | (रासस)
newsabhiyan

बझाङ, ५ साउन : बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिनुभयो । महेश्वरी वडा नं. ६ की महिला स्वास्थ्य स्वयंमसेविका पनि हुन् ।
गाउँ नजिकै रहेको शिव मन्दिर पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनामा परी अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी सोही गाउँका पाँच वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan