Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाँके जिल्लाको विकासमा प्रयत्नशील रहने छु–मन्त्री राई

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार | (रासस)
newsabhiyan

नेपालगन्ज, ५ साउन :  शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले बाँके जिल्लाको समग्र विकासका लागि आफू प्रयत्नशील रहेको बताउनुभएको छ ।

संघीय समाजवादी फोरमको बाँके जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय सचिव समेत रहनुभएका मन्त्री राईले जिल्लावासीको आवश्यकता तत्काल पूरा गर्न कुनै कसर बाँकी नराख्ने आश्वासन पनि दिनुभयो ।

“संविधान संशोधन र विकासको मुद्दा लिएर हामी सरकारमा सहभागी भएका हौँ । त्यसका लागि हामी द्रुतगतिमा काम गरिरहेका छौँ । चाँडै नै जनताले त्यसको महशुस गर्नेछन्”—उहाँको भनाइ छ ।

मन्त्रालयले बाँकेमा राष्ट्रियस्तरको पार्क र धर्मशालाको निर्माण, महिला स्नातकोत्तर कलेज स्थापना, भेरी अञ्चल अस्पतालको स्तरोन्नति तथा सडक सुधारलगायतका भौतिक संरचना निर्माण गर्ने काम प्राथमिकतामा राखिएको पनि जानकारी दिनुभयो ।

त्यस अवसरमा मन्त्री राईसँग कार्यकर्ताहरुले जिल्लाको विकास, संविधान संशोधन र नागरिकता समस्या समाधानका लागि भइरहेका पहलबारे जिज्ञासा राखेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan