Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राज्य अझै समावेशी हुन सकेको छैनः उपप्रधानमन्त्री यादव

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार | (रासस)
newsabhiyan

काठमाडौँ, ५ साउन : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राज्य अहिले पनि समावेशी हुन नसकेको बताउनुभएको छ ।

संघीय समाजवादी फोरम नेपालले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा सो पार्टीका अध्यक्षसमेत रहनुभएका मन्त्री यादवले जबसम्म विभिन्न जाति, धर्म, लिंग, भाषाका आधारमा गरिने विभेद कायम रहेसम्म राजनीतिक समस्या यथावत रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रलाई पूर्ण समावेशी बनाउने कार्य संविधान सशोधनबाट मात्र हुन्छ, सविधान सशोधनको सहमति भएको छ, त्यसपछि धेरै समस्याको समाधान हुनेछ ।”

उहाँले संघीय प्रणालीलाई व्यावहारिक बनाउनेपर्ने भन्दै संघीयता र पहिचानलाई अलग गरिँदा विवाद कायम रहने उल्लेख गर्नुभयो । “संघीयतामा पहिचान जोडिनुपर्छ” उहाँले भन्नुभयो ।

वैकल्पिक व्यवस्था गरेर, सांस्कृतिक धरोहर बचाएर मात्र सुन्दर शहर निर्माण हुने उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले काठमाडौँ सडक चौडा बनाउँदा मुआब्जा नदिई विस्तार गर्नु संविधान विपरीत भएको पनि बताउनुभयो ।

सो अवसरमा अध्यक्ष यादवले विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा प्रवेश गरेका व्यक्तिहरूलाई स्वागत गर्नुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan