Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष वैद्यद्वारा डा केसीसँग भेट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan

काठमाडौं, ५ साउन : नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उहाँको स्वास्थ्यबारे जानकारी लिनुभएको छ ।

अध्यक्ष वैद्यले डा केसीलाई भेटी उहाँको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताउनुभएको डा केसीका सहयोगी विशद् दाहालले राससलाई जानकारी दिनुभयो ।

साँझ अस्पताल पुग्नु भएका उहाँले डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गर्नुभएको दाहालले बताउनुभयो ।

चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २२ दिनको आमरण अनसनमा हुनुहुन्छ ।्

असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उहाँले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आउनुभएको छ ।

साधारण स्लाइन मात्र लिने बताएपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan