Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारको त्यस्तै व्यवहार रहे कडा कार्यक्रम : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan

काठमाडौं ,५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार अधिनायकवाद उन्मुख रहेको आरोप लगाएको छ ।

नयाँ बानेश्वरमा आज नेपाल तरुण दलको प्रदर्शन माथि सरकारले दमन गरेको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखे ।

तरुण दलको प्रदर्शनमाथि सरकारको अन्धाधुन्ध आक्रमण लगत्तै   देउवा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको हो ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिनु भएको थियो ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान भएको उहाँले बताउनुभएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan