Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोहन र दिलीपको ‘नाच मायालु’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ६ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा  गायक अमितबावु रोकाया र गायिका मिनु विश्वकर्माको आवाजमा रहेको नयाँ तिजको गीत  सार्वजनिक भएकोछ ।

बुर्तिबाङ म्युजिक प्राली र धुर्वे धुर्वेनी फिल्म प्रालि प्रस्तुतीमा मोहन विरही श्रीपाली र दिलिप रसाइलीको मौलिक तिजको कोशेली “नाचँ मायालु” को भिडियो डिजिटल सार्वजनिक भएको छ ।

तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । नेपाली मौलिक परम्परालाई जर्गेना गदैँ निकै रमाइलो पारामा गीत तयार गरिएको छ ।

गीतमा दिलिप रसाइली र बुर्तिबाङ म्युजिक प्रालिका प्रवन्ध निर्देशक मोहन विरही श्रीपालीको शब्द सिर्जना रहेको छ । भिडियोलाई अर्जुन कुमार सुनारले क्यामेरामा कैद गरेका छन् भने निर्देशन गोविन्द विवसले गरेका छन् ।

साथै कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन अमर विकले गरेका हुन् । भिडियो धुर्वे, धुर्वेनी, खेम बहादुर मगर र विमला बुढाथोकीको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan