Friday 19th of October | २०७५ कार्तिक २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चुरे नजिकै खोलाबाट नदीजन्य वस्तु उत्खनन, प्रहरी, प्रशासन, जिल्ला वन, ठेकेदारसँग मिलेमतो !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ६ आइतबार |
newsabhiyan

निजगढ ।  चुरे फेदबाट १ किलोमिटर क्षेत्रभित्र कुनै पनि नाउँ वा बहनामा नदीजन्य वस्तु उत्खनन, सङ्कलन, दोहन गर्न कानूनले बन्देज गरे पनि बाराको निजगढमा यसको खिल्ली उडाउने गरिएको छ ।
   

निजगढ नगरपालिका–१२ चुरे फेदको भक्तलाल खोलाबाट विकासको नाउँमा तीन दिनदेखि स्काभेटरले ग्रेभल उत्खनन गरिरहे पनि बारा प्रहरी, प्रशासन मौन छ ।
   

प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई तीन दिन अघि रतनपुरीका सचेत स्थानीयले जिल्ला प्रशासन कार्यालय बारामैंं भेटी जानकारी गराए पनि उनले गैरकानूनी कार्यलाई बेलैमा रोक्न अहिले सम्म चासो दिएका छैनन्।
   

यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारीसँग भेट गरी प्रतिक्रिया लिंदा असारदेखि भदौं ३ महिनासम्म कानूनले खोलानाला, बगरबाट कुनै पनि नाउँमा नदीजन्य वस्तु उत्खनन गर्न नपाइने बताए । तर स्थानीयले जिल्ला प्रशासन कार्यालयमा नैं आई मौखिक तथा लिखित जानकारी दिंदासमेत चासो नराख्नुले आशङ्का उत्पन्न भएको हो ।
   

गैरकानूनी कार्य गर्नेलाई स्थानीय प्रहरी प्रशासनमार्फत् कारबाई गरिने प्रजिअ भट्टराईले बताएका छन् ।

रतनपुरीदेखि करिब ८ किलोमिटर लामो साबिकको सडक चौडा गर्दै विस्तार गर्न ठेकेदार पक्षले प्रतिबन्धित अति संवेदनशील चुरे क्षेत्रको खोलाबाट दिन दाहाडै नदीजन्य वस्तु उत्खनन गरिरहँदा पनि बारा प्रहरी प्रशासन, जिल्ला वन बाराले अवैध कार्य रोक्न चासोसमेत नदिनुले मिलेमतोमा उत्खनन भइरहेको सङ्केत गर्छ ।

सोही स्थानको भक्तलाल खोला किनारमा निर्माण गरिएको तारजालीलाई समेत असर पर्नेगरी खोलामा २०र२५ फिट गहिरो खन्दै लगभग २२ हजार ५०० क्युफिट ग्रेभल गैरकानूनीरूपमा उत्खनन गरी ठेकेदार पप्पु रञ्जन जेभी वीरगंजले सडकमा बिछ्याएको छ ।
   

यसरी गैरकानूनी कार्यमा संलग्न ठेकेदार पप्पु रञ्जन जेभी वीरगंज, संलग्न स्थानीयलाई कानूनी कारबाई गर्नुपर्ने रतनपुरीवासीले आवाज उठाएका छन् ।
   

घटनाबारे जानकारी पाएलगत्तै सेक्टर वन कार्यालय, निजगढ प्रमुख एवं वरिष्ठ वन अधिकृत महमद मन्जुर आलम बिहीवार स्थलगत निरीक्षणमा पुगे । संवेदनशील क्षेत्रबाट उत्खनन गरेको पाइएकोले सडक निर्माण गर्ने ठेकेदार र संलग्न स्थानीयविरुद्ध कारबाई प्रक्रिया अघि बढाइने जानकारी दिए ।
   

स्थानीय पशुपति सामुदायिक वन क्षेत्रको साँध–सिमानाको खोलामा अवैैध उत्खनन गरिरहे पनि वन समूहले वन कार्यालयलाई कुनै जानकारी नदिएको भन्दै सो वन समूहका अध्यक्ष धनबहादुर खुलाललाई सेक्टर वन निजगढले प्रस्टीकरण सोधेको छ ।
   

केही स्थानीय युवाको आडमा ठेकेदार पक्षले डम्बरपुर भित्रको खोलाबाट ग्रेभल निकाल्न लाग्दा कालान्तरमा बस्ती, वन, चुरेमा असर पर्न सक्ने भएपछि स्काभेटर खोलामा हाल्न र उत्खनन गर्न रोक लगाएको रतनपुरीका स्थानीय युवा समाजसेवी तिलक घलानले बताए । स्थानीय केही युवा र जनप्रतिनिधिकै आड र मिलेमतोमा ठेकेदारले संवेदनशील चुरे फेदको खोलाबाट ग्रभेल उत्खन्न गरेको स्रोतले जनाएको छ ।
   

यता निजगढ नगरपालिका–१२ का वडा अध्यक्ष ज्ञानबहादुर लामाले भने आपूmहरू यस कार्यमा संलग्न नभएको बताउँदै थाहा पाएपछि उत्खनन गर्न रोकेको बताए ।
   

दिनदाहाडै तीन दिनसम्म उत्खनन गर्दासम्म वडा अध्यक्ष लामाले केही नगर्नुले ठेकेदार पक्षसँग मिलेमतो गरेको हुन सक्ने समाचार स्रोतको भनाइ छ । यता ठेकेदार पक्षलाई खोला उत्खनन गर्न प्रत्यक्ष सघाउनेमा डम्बरपुरका रोशन पाख्रिन देखिएका छन् ।
   

राष्ट्रपति चुरे तराई मधेस विकास समितिसहितको विज्ञ टोलीको पटकर पटकको अनुगमनपछि चुरे पहाडको फेदबाट एक किलोमिटरभित्र कुनै पनि प्रयोजनको लागि नदीजन्य वस्तु उत्खनन, सङ्कलन, दोहन गर्न सरकारले रोक लगाउँदै आएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan