Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऐरावती गाउपालिकाको बरौलामा मेगा बैंकको १०१औं शाखा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ६ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ६ साउन । मेगा बैंक नेपाल लिमिटेडले प्यूठान जिल्लाका ऐरावतीे गाउपालिकाको वडा नं २ को
बरौलामा नयाँ शाखा विस्तार गरेको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले प्यूठान जिल्लाका ऐरावतीे गाउपालिकाका
बरौलामा नयाँ शाखा विस्तार गरेको हो ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने सिइओ अनुपमा खुञ्जेलीले
बताउनुभयो । नेपाल राष्ट्र बैकले ग्रामिण भेगको १८ क्षेत्रहरुमा शाखा खोल्नु पर्ने दिएको निर्देशन अनुसार
मेगा बैंकले सबै क्षेत्रहरुमा शाखा खोलिसकेको जानकारी गराउनु भयो ।

मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उहाँले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताउनुभयो ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०१ वटा शाखा विस्तार
गरेको हो भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा
बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट
सञ्जाल, ७४ वटा एटीएम छन्।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले
शाखा विस्तारलाई तीव्रता दिइरहेको मेगा बैंकले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan