Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सत्तारुढ नेतृ रामकुमारी झाँक्रीले माँगिन् कानूनमन्त्री तामाङको राजिनामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ६ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजिनामा माँगेकी छिन् ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सांसद झाँक्रीले मन्त्री तामाङको राजिनामा माँग गरेकी हुन् ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता बिश्वप्रकास शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री तामाङको टिप्पणीप्रति आपत्ति जनाएका हुन् ।

‘सत्तापक्षधर केही व्यक्तिहरुबाट अभिव्यक्त आपत्तिजनक धारणालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । खासगरी वंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत हाम्रा चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी व्यक्त धारणाहरु अत्यन्तै निन्दनीय र आपत्तिजनक छन् ।

एकजना व्यवसायीले मात्रै होइन, सरकारको मन्त्रीले समेत यस्तो अभिव्यक्ति राख्दा प्रधानमन्त्रीको मौनता झनै गम्भीर कुरा हो’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपी मन्त्री तामाङले आफ्नो टिप्पणीप्रति आइतबारै माफी मागिसकेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan