Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवादित अभिव्यक्ति दिने कानुनमन्त्रीले पदका बारेमा भने कसे यस्तो अड्डि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ६ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका नेताहरुले नै राजिनामा दिनुपर्ने बताएका छन् ।

तामाङको अभिव्यक्तिप्रति चौतर्फी आलोचनाका साथै राजिनामासमेत मागिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले नेपाली चेलीले आफूलाई नसुम्पी बंगलादेशमा डाक्टरको सर्टिफिकेट नपाउने ठोकुवा गरेका थिए ।

काठमाडौंमा एसईई उत्तिर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री तामाङले भनेका थिए, “आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।”

यही विषयलाई लिएर नेकपाकै नेताहरुलेसमेत आपत्ति जनाएपछि तामाङ अप्ठ्यारोमा परेका थिए । उनले उक्त अभिव्यक्तिप्रति क्षमायाचनासमेत गरेका छन् ।

क्षमायाचना गरिसकेपछि पनि आफ्नै दलबाट आलोचित भएका तामाङले माफी मागिसकेकाले राजिनामाको कुरा नउठाउन आग्रह गरेका छन् । विवादित अभिव्यक्ति दिने कानुनमन्त्रीले पदका बारेमा यस्तो अड्डि कस्सँगै सर्वत्र आलोचना हुने क्रम बढेको छ । 


उनको अभिव्यक्तिलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए ।

श्रेष्ठले सामाजिक संजालमा टुइटरमा यसबारे आफ्नो धारणा राख्दै तामाङको टिप्पणी दुखद रहेको उल्लेख गरेका छन् । तामाङको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै श्रेष्ठले झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी पनि आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan