Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेबलटेनिस टोली भारत प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ६ आइतबार |
newsabhiyan
newsabhiyan

 काठमाडौं, साउन ६ । 
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई टेबलटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली ५ खेलाडीसहित ७ सदस्यीय रहेको छ ।

पुरुषमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन् । पुरुष खेलाडी संख्या पनि ३ नै रहेको छ । बाँकी एक खेलाडी दीप साउन साउन १३ गते मात्र दिल्ली जाने अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन् । खेलाडीले एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गर्ने छन् । त्यहाँबाट टोली भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan