Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलगाम मन्त्रीहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १३ साउन । कुनै पनि राज्य बन्न एउटा भुपरिधि र निश्चित सबैले मान्नु पर्ने नियम कानुन हुन्छ । अझ मुलुकको कार्यकारी निकायमा भएका व्यक्तिहरुलाई त के गर्ने के नगर्ने भन्ने आचारसंहिता निर्माण गरिएको हुन्छ ।

तर, अहिले त्यो आचारसंहिता निर्माण गर्ने निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा मन्त्रीहरुले व्यक्त गरेका धारणा पटक पटक विवादमा परिरहेका छन् । व्यक्त गरेको अभिव्यक्तिकै कारण कानुन मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिने अवस्था आयो ।

खासमा मन्त्रीहरुले के गर्ने, के नगर्ने, के बोल्ने भन्ने विषयमा निर्देशनात्मक आचारसंहिता जारी गर्ने काम प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको भचएपनि उसले आफ्नो जिम्मेवारी पुरा नगर्दा आचारसंहिताको अभावमा मन्त्रीहरुले कस्तो कार्यक्रममा जाने, कार्यक्रममा के अभिव्यक्ति दिने भन्ने ज्ञानविना नै जथाभावी हिँड्ने र बोल्ने गरेका छन् ।

नीति निर्माण गर्नुपर्ने मन्त्रीहरु दैनिक रुपमा रिबन काट्नमा नै धेरै समय बिताउने गरेका छन् । मन्त्री हुने कार्यक्रमको मापदण्ड आचारसंहिताले तय गर्ने भए पनि मन्त्रिपरिषद्को कार्यालयले अहिलेसम्म उक्त आचारसंहिता बनाउनुपर्ने खाँचो महसुस गरेको छैन । जसले मन्त्रीहरुलाई वेलगाम बनाएको छ ।

कुन पदमा रहेको व्यक्तिले के गर्नुपर्छ भन्ने विषय आचारसंहिताले निर्धारण गर्ने हो । अझ, सचेत मन्त्रीहरुले त सार्वजनिक कार्यक्रममा लिखित भाषण नै गर्नुपर्छ । नलेखी बोल्दा गल्ती सम्भावना रहन्छ । सतही ज्ञान भएको भरमा मौखिक भाषण गर्दा विवादमा परेका धेरै घटना हाम्रा सामु धेरै छन् ।

अन्य मुलुकमा मन्त्रीले सार्वजनिक कार्यक्रममा लिखित भाषणबाहेक मौखिक अभिव्यक्ति दिएको प्राय पाइदैन । यहाँ मन्त्री भएपछि धेरै ताली खानका लागि ठूलै कुरा बोल्ने प्रचलन देखिन्छ । मन्त्री भए पनि सबै कुराको ज्ञान नहुन सक्छ, त्यसैले यस्ता विषयमा सचेतता अपनाउँनु पर्छ ।

ज्ञानको अभावमा भ्रम सिर्जना हुने अभिव्यक्ति आउन सक्छ । विषयवस्तुको ज्ञान अभावमा लोकप्रियताका लागि दिने अभिव्यक्ति विवादमा तानिएका उदाहरण प्रशस्त पाइन्छ । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राको बारेमा नबुझेर टिप्पणी गर्दा कानुनमन्त्री तामाङले पदबाद राजीनामा दिनु परेको हो ।

उनी मात्र पहिलो होइनन्, अभिव्यक्ति दिएकै कारण विवादमा परेका । हरेक सरकारका मन्त्री बोलीकै कारण विवादमा तानिने गरेका छन् ।

विकसित देशमा ठूला घटना घट्नासाथ त्यसको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने प्रचलन रहेपनि नेपालमा भने नैतिकताको आधारमा राजीनामा दिनेभन्दा पनि कुर्सी मोहकै कारण आन्दोलनको दबाबमा मात्र राजीनामा दिने गरेको पाइन्छ ।

देशमा शासन व्यवस्था परिवर्तन भए पनि नैतिक मूल्य मान्यतामा भने खडेरी लाग्दै गएको छ । अहिले राजनेताले चलाएको राजनीति छैन्, लुटनीति, भ्रष्टाचार नीति झुट नीति मात्र मुलुकमा चलेको छ ।

नराम्रो मात्रैको नाम मात्र राजनीति होइन, राम्रो बनाउनका लागि आचारसंहितामा उच्च पदस्थ अधिकारीलाई बाध्नका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जारी गर्नुपर्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan