Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाँचदिन पछि निर्मलाको महाकालिमा दाहसंस्कार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १४ सोमबार |
newsabhiyan
newsabhiyan

कञ्चनपुर, १४ साउन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको सोमबार महाकाली नदिमा दाहसंस्कार गरिएको छ ।

स्व.निर्मलाका बुवा यज्ञराज पन्तको लासमा दागबत्ती दिएका थिए। उनले आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कडा सजायको माग समेत गरेका छन् ।

आइतबार राति जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवार र आफन्तले गरेको सहमतिअनुसार उनको हत्या भएको पाँचदिनपछि सोमबार दाहसंस्कार गरिएको हो ।

दाहसंस्कारमा हत्या गरिएकी निर्मला पन्तका परिवार, आफन्त सहित प्रदेश सभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगरपालिकाका वडा अध्यक्षहरू र अन्य जनप्रतिनिधि, पत्रकारहरु सहभागी थिए।

भीमदत्त नगरपालिका वडा नम्बर २ महुलिया, उल्टाखाम घर भएकी १३ वर्षिया निर्मला पन्तको गत बिहीवार हत्या भएको हो।

बिहीबार दिउसो साथीको घरमा अध्ययन गरेर फर्किएकी निर्मलाको अखुबारीमा शव फेला परेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan