Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानन्यायाधीश जोशीबारे पार्टीले कुनै निर्देशन दिएको छैन : नेता भण्डारी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, १८ साउन । निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन । अहिले केहीबेरपछि समितिको बैठक सिंहदरबारमा बस्दैछ ।

जोशीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत गर्ने मनस्थितिमा सत्तारुढ दलका सांसदहरु छन् । नेपाली कांग्रेसले यसबारे ठोस निर्णय नदिएकाले जोशीको अनुमोदनको मिति पर धकेलिँदै आएको छ । कांग्रेसकै निर्णय पर्खिइँदा समितिको बैठक तीन पटक सरिसकेको हो ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संविधानअनुसार बनेका समितिले जिम्मेवारीपूर्ण ढंगले निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानन्यायाधीशबारे समितिले भन्दा पनि पार्टीले हस्तक्षेप गरेको भन्दै भण्डारीले आपत्ति प्रकट गरे ।

नेपाली कांग्रेसले जोशीबारे निर्णय गर्ने विषयमा कुनै निर्देशन नदिएको भण्डारीको दाबी छ । प्रधानमन्त्री केपी ओलीसहितको संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले रोक्न खोज्नु गलत भएको भण्डारीको तर्क छ ।

कम्युनिष्टहरु सरकारमा आएपछि विधिवत र कर्मवद्ध हुने कुरालाई पछाडि राखेर अदुरदर्शी नीति अपनाउन लागिएको भण्डारीको आरोप छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले हरेक घटनाहरुमा पार्टीहरु बोल्ने प्रवृत्ति हटाउनुपर्ने बताए ।

समिति सदस्यहरु दुई ध्रुवमा जिभाजित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसदहरु जोशीको विपक्षमा उभिएका छन् भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा छन् ।

१५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का र संघीय समाजवादीका १/१ जना सदस्य छन् । जेष्ठ सदस्यको हैसियतमा सुनुवाई समितिको बैठकको अध्यक्षता लक्ष्मणलाल कर्णले कर्णले गर्दै आइरहेका छन् ।

शैक्षिक प्रमाणपत्रमा किर्ते गरेको भन्दै विवाद बढेपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले ०७४ चैत १ गते राजिनामा दिएका थिए । पराजुलीको राजीनामा पछि वरिष्ठताको आधारमा जोशीले कायममुकायको जिम्मेवारी सम्हाल्दै आएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan