Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रचण्डको भ्रमण रोक्न प्रधानमन्त्री ओलीनै कस्सिए, भारतिय दुतावासमा हल्लिखल्ली

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड अर्थात पुष्पकमल दाहाललाई चीन र भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा आएपछि पार्टी भित्र खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री एवम् अर्का अध्यक्ष खड्गप्रसाद शर्मा ओली झस्किन पुगेको चर्चा राजनीतिक वृतमा चलेको छ ।

आफूलाई विस्थापन गर्नेसम्मको चाल बुन्ने हुन्की भन्दै ओलीले दाहालको भ्रमणलाई रोक्नका लागि विभिन्न उपायहरुको खोजी गर्न थालेको बताइएको हो ।

प्रचण्डको भ्रमण रोक्न प्रधानमन्त्री ओलीनै कस्सिए प्रचण्ड निकट स्रोतको दाबी छ । उता, प्रचण्ड पहिला कुन देशको भ्रमण गर्ने भनी अन्योलमा परेकाछन् ।

पछिल्लो समय भारतलाई पन्छाएर चीन जानेकी भन्ने तयारी भएपछि लौनचौर स्थित भारतिय दुतावासमा हल्लिखल्ली भएको छ । 

चीन र भारत दुवै देशको भ्रमण गर्ने लगभग निश्चित भएपनि भारतलाई पन्छाएर चिन जाने तयारी उनको छ ।

नेकपाभित्र ओली र दाहालबीच आलोपालो प्रधानमन्त्रीका लागि आन्तरिक सहमति बनेको बताइएको छ । यस्तो अवस्थामा प्रचण्डको भारत र चीन भ्रमणलाई अर्थपूर्ण रुपले लिइएको छ ।

भारतीय सरकारका लागि थिङ्क ट्याङ्कका रूपमा काम गरिरहेको इन्डिया फान्डेसनका निर्देशकसमेत रहेका राम माधवले अध्यक्ष दाहाललाई भेटेर भारतको भ्रमणको औपचारिक निमन्त्रणा दिएको बताइएको थियो ।

यसैबीच, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री उपमन्त्री वाङ या चिङले अध्यक्ष दाहालसँग भेट गरी चीन भ्रमणका निमन्त्रणा दिएका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan