Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध यौन धन्दा व्यवसायी संचालन गरी ब्रम्मालुट गर्ने दुई प्रहरी नियन्त्रणमा (विवरण सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २१ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २१ साउन । राजधानीको विभिन्न स्थानमा भाडामा फ्लाट लिई यौन धन्दा संचालन गराई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा प्रिया श्रेष्ठ र मन्दिरा तामाङ तितुङ रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यस्तो छ घटनाको विवरण :–
राजधानीको विभिन्न स्थानमा भाडामा फ्लाट लिई यौन धन्दा संचाल गराई रहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट खटिएका प्रहरी टोलीले मिति २०७५/०४/१९ गते राती का.जि., का.म.न.पा.२ लाजिम्पाट स्थितबाट तपशिलमा उल्लेखित प्रिया श्रेष्ठ समेतको डेरा कोठा खानतलाशी लिंदा हाल नाम परिबर्तित दरवारमार्ग १ समेतलाई ललाई फकाई पैसाको प्रलोभन देखाई जबरजस्ती पर-पुरुषहरुसँग जबरजस्ती यौन सम्पर्क राख्न लगाई मोटो रकम अशुली गर्ने मानिसहरुलाई पक्राउ गरी मान बेच बिखन ऐन अन्तर्गत कसुर अपराधमा सम्मानित अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य जारी रहेको ।

पक्राउ व्यक्तिहरू:-
१)   जिल्ला ललितपुर पाटन स्थायी घरभई हाल का.जि.का.म.न.पा.२ लाजिम्पाट बस्ने श्याम श्रेष्ठको छोरी बर्ष-२८ की प्रिया श्रेष्ठ ।

२)   जिल्ला मकवानपुर हेटौंडा न.पा.८ घरभई हाल का.जि.लाजिम्पाट बस्ने कान्छाराम तामाङको छोरी बर्ष-१८ की मन्दिरा तामाङ तितुङ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan