Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आधा लाख नगद सहित पाँच जना जुवाडे चितवनबाट पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २१ सोमबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २१ साउन । चितवन जिल्लालाई ‘सुरक्षित र शान्त’ बनाउने उद्देश्यले सञ्चालन गरिएको अप्रेशन, सर्च, स्वीप एण्ड स्कुनिङ (थ्री एस) प्रभावकारी बन्दै गएको छ ।

थ्री एस अप्रेसन तयार पारी गरिएको संँयुक्त अप्रेसनमा चितवन प्रहरीको विशेष टोलीले आइतबार साँझ पाँच बजे जुवा खेल्ने पाच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी शुशील सिंह राठौरका अनुसार भरतपुर महानगरपालिका वडा नं ३ स्थित लंकूमा रहेको एक घरभित्र लुकेर तास खेलिरहेको भन्ने बिशेष सुराकीको आधारमा प्रहरीले उनीहरुलाई नगद ५१ हजार ३५० सहित पक्राउ गरेको बताउनुभयो ।

एसपी राठौरले घरभित्र बाजी थापेर तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका व्यक्तिहरूलाई जुवा ऐन–२०२० अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको बताउनुहुदै उहाँले जुवा खेल्नु खेलाउनु दुबै अपराध भएको र त्यस्को कार्यमा समावेश नहुन चितवनबासीलाई अपिल गर्नुभयो ।

उहाँले जुवा खेलिरहेको पाइएमा तत्कालै प्रहरीलाई खबर गरेर सूचना दिन समेत चितवनबासीलाई अपिल गर्नुभएको छ । एसपी राठौरले जिल्लामा कार्यभार सम्हालेपछि जुवाडेहरुको भागाभाग मच्चिएको छ ।

एसपी भएर चितवन आएलगत्तै उनलाई प्रलोभनमा पार्ने बर्ष ४० को बोध बहादुर पौडेललाई अन द स्पोर्ट् नियन्त्रणमा लिएपछि जुवाडे सतर्क भएका हुन् । जिल्लामा खुलेआम सञ्चालनमा आएको जुवा अखडामा एसपी राठौरले निगरानी बढाएसंगै जिल्लामा जुवाको राज अन्त्य भएको स्थानीय बताउँछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan