Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारी ढुकुटीको दोहन : कुलपति उप्रेती झर्किदै भने‘तपाईलाई के चासो ?’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २१ सोमबार |
newsabhiyan
newsabhiyan

रोशन कार्की,

काठमाडौं ।

पत्रकारः नमस्कार कुलपतिज्यू,
कुलपति : नमस्कार, के थियो होला ?
पत्रकार : म हजुरसँग केही कुरा गर्नुपर्ने भएकाले केही समय लिन चाहेको हो ।
कुलपति : के सम्बन्धी होला ?
पत्रकार: प्रज्ञाले खरिद गरेको प्रिन्टिङ मेसिनका बारेमा केही आरोप छ तपाईँहरुमाथि यथार्थ के हो भनेर बुझ्न खोजेको हो सर ।
कुलपति : झर्किँदै..तपाईं को हो ? तपाईंलाई के चासो ? किन चाहियो ? के बुभ्mनुहुन्छ ?
पत्रकार : हैन सर, म पत्रकार हुँ ? पत्रकार नभएपनि सरकारी सम्पत्तिका बारेमा एक सर्वसाधारणले पनि चासो त राख्न पाउँछ । हैन र कुलपतिज्यू ?
कुलपति : तपाईंहरुलाई जे मन लाग्यो त्यो बुभ्mन आउँदैमा भन्नुपर्छ भन्ने छ र ?
पत्रकार : तपाईंहरुमाथि लागेको आरोपका बारेमा भन्नुहोस् न सर ? किन झर्किनुहुन्छ तपाईँ त कुलपति हो नि हैन र ! पदको त सम्मान गर्नुहोस् सर !
कुलपतिः केही सम्हालिँदै, भन्नुहोस् केहो ?
पत्रकार : यहाँहरुले खरिद गरेको प्रिन्टिङ मेसिन त धेरै महंगोमा खरिद गरिएको रै’छ हैन ?
कुलपति : कसले भन्यो ?
पत्रकार : तपाईंहरुले ठेक्का स्वीकार गरेकै ठेकेदारले त सरकारी संस्थाले भनेअनुसार ल्याएको हो, गुणस्तरहीन, महंगो जस्तो भएपनि प्रज्ञाकै कर्मचारीको दोष हो नि भनेर आरोप लगाएको छ नि त सर ?
कुलपति : यस विषयमा सबै ऐन कानुनअनुसार भएको हो । महंगो छैन । मेरो मिटिङमा जानु छ, म गएँ ।

यो संवाद हो नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसँगको । केही महिनाअघि उक्त एकेडेमीले पुरानो प्रिन्टिङ मेसिन हटाएर नयाँ प्रविधिको मेसिन खरिद गर्ने भन्दै गरेको बोलपत्र सार्वजनिक गरेदेखिनै सो मेसिन खरिदका नाममा कसरी कमिसन असुली गर्न सकिन्छ भन्ने बारेमा पटक–पटक गोप्य छलफल गरिएको प्रतिष्ठानकै कर्मचारीहरुको आरोप लगाएका छन् ।
प्राप्त विवरणअनुसार प्रज्ञामा भएको प्रिन्टिङ मेसिनका बदलामा नयाँ प्रविधिको मेसिन खरिद गर्ने र सोही खरिदबाट कमिसन मिलाउने ठेकेदार कम्पनीलाईमात्र टेण्डर स्वीकृत गर्ने गोप्य सम्झौतापछि मेसिन खरिदकालागि टेण्डर दर्ता गराउने कम्पनीमध्ये कुलपति उप्रेतीकै योजनामा म्याक इन्टरप्राइजेज प्रालिलाई सो खरिदको टेण्डर स्वीकृत गरिएको नाम नलेख्ने शर्तमा सोही कार्यालयका एक कर्मचारीले जनाएका छन् ।
सो मेसिन खरिदकालागि अन्तर्राष्ट्रिय कम्पनी प्रिन्ससेल नामको कम्पनीले समेत टेण्डर दर्ता गराएको थियो । सो प्रतिष्ठान र ठेकेदारहरुकै मिलेमतोमा करोडौँ डलरको सामान खरिद गर्न दुईवटामात्र कम्पनीले टेण्डर प्रक्रियामा भाग लिनुले पनि सो खरिद कार्यमा घोटाला भएको प्रमाणित गर्ने प्रतिष्ठानकै कर्मचारीहरुको दाबी रहेको छ ।
२०७४ जेठ २९ गते म्याक नामको कम्पनीले टेण्डर प्रक्रियामा भाग लिएपछि सो कम्पनीका सञ्चालकसँग कमिसन रकमको ‘डिल’ पक्का गरेपछि टेन्डर स्वीकृत गरिएको थियो । सो कम्पनीले विभिन्न नौवटा प्रिन्टिङ मेसिनसँग सरोकार राख्ने मेसिन खरिद गर्न अमेरिकी डलर १० लाख ४७ हजार नौ सय ६५डलर ६६ सेन्टमा टेण्डर हालेको प्राप्त कागजातबाट खुलेको छ । यसरी लाखौँ डलरको सामान खरिद गर्नु टेण्डर सार्वजनिक गरेको सो प्रतिष्ठानले कुनै प्रतिस्पर्धा नगराई टेण्डरको प्रक्रियामात्र पूरा गरी सरकारी ढुकुटीको रकमलाई हिनामिना गरेको आरोप कर्मचारीहरुको रहेको छ ।


२०७४ जेठ २९ गते म्याक नामको कम्पनी र एकेडेमीबीच भएको सम्झौता पत्र
प्राप्त प्रमाणका अनुसार चार कलर अपसेट प्रिन्टिङ मेसिन (नन्अट्टो)का लागि अमेरिकी डलर६ लाख ३६ हजार नौ सय ४०डलर १९ सेन्ट, श्यामश्वेत डिजिटल प्रिन्टिङ प्रोडक्समेन्सीलाई अमेरिकी डलर ४२ हजार सात सय ९४डलर ४२ सेन्ट, कलर डिजिटल प्रिन्टिङ पोक्समेन्सीलाई ४९ हजार सात सय ६० डलर ९५ सेन्ट, प्लेट सीटीपी थर्मलकालागि ८४ हजार पाँच सय ९३ डलर ६२ सेन्ट, पेपर कटिङ मेसिन ४४ हजार सात सय ८४ डलर ८६ सेन्ट, सिट फोल्डिङ मेसिन ८९ हजार पाँच सय ६९ डलर ७१ सेन्ट, बुक ब्याण्डिङ ४९ हजार सात सय ६० डलर ९८ सेन्ट, स्टिचिङ २९ हजार आठ सय५६ डलर ५७ सेन्ट र लेमिनेसन मेसिन १९ हजार नौ सय चार डलर ५८ सेन्टमा खरिद गर्नु–गराउनु भन्दै प्रतिष्ठानले टेण्डर स्वीकृत गरेको थियो ।

सो अनुसार समान खरिद गर्दा तत्कालीन बजार मूल्यभन्दा अत्यधिक महंगोमा टेण्डर स्वीकृत गरी चीन र जापानबाट सामान खरिद गरेर ठेकेदार मनोज पुरीले एकेडेमीमा बुझाएका छन् । यसरी तत्कालीन बजार मूल्यअनुसार चार कलर प्रिन्टिङ मेसिनको अधिकतम ५० हजार डलरभन्दा माथि नभएको सम्बन्धित खरिदकर्ताहरुले बताएका छन् । यसरी बजारमूल्यभन्दा तीन गुणा बढी मूल्यमा खरिद गरेर नेपाल ल्याएको सो मेसिनबाट मात्र न्यूनतम पाँच करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम ठेकेदार र प्रतिष्ठानका कुलपतिको मिलेमतोमा हिनामिना भएको आरोप कर्मचारीको रहेको छ । प्रतिष्ठानका कुलपति उप्रेतीकै योजनामा अन्य कर्मचारीको प्रयोग गरी सरकारी ढुकुटीको पैसा अन्धाधुन्ध निकासा गरेको पाइएको छ ।

कुलपति उप्रेती र ठेकेदार पुरीको गोप्य सम्झौताअनुसार चीन र जापानबाट सामान खारिद गर्ने र सो सामानको गुणस्तरीयताका बारेका बुझ्ने भन्दै चार जना प्रतिष्ठानका कर्मचारीलाई समेत चीन र जापान भ्रमण गराएको स्रोतको दाबी छ ।

गोप्य रुपमा स्रोतले दिएको जानकारीअनुसार कुलपति उप्रेतीको विश्वासिलो कर्मचारी लेखा विभागका सुमन अधिकारी, प्रेस विभागका भीम सापकोटालाई जापान र प्रशासनका ज्ञानहरी अधिकारी र प्रेस टेक्निसियन प्रकाशमान श्रेष्ठलाई चीनको भ्रमणमा ठेकेदारकै खर्चमा गराइएको जनाएको छ । उनीहरु चीन र जापान जानुभन्दा एक दिनअघि खरिद गरेको सामान चेकआउट भई नेपालतर्फ पठाइसकेको प्राप्त कागजातमा उल्लेख छ ।

सो सम्बन्धमा ठेकेदार पुरीका अनुसार एउटा व्यापारी जोगी बन्नकालागि लगानी नगरेको जे जस्तो काम गरेपनि फाइदा नै लिने योजनाअनुसार काम गर्ने भएकाले मैले पनि सोहीअनुसार ठेक्कापट्टामा हात हालेको बताए । उनले भने,‘व्यापारीले नाफाकै लागि लगानी गर्ने हो, कुनै पनि कार्यालय वा अन्य संघ/संस्थाले सामान खरिद गर्न गरेको टेण्डरमा घाटा खाएर कसैले पनि टेण्डर हाल्दैनन्, भनेको सामान खरिद गरेर ल्याइदिने हो, त्यो गुणस्तर थियो कि थिएन भन्ने चेकजाँच ठेकेदार कम्पनीको होइन सम्बन्धित कार्यालयको हुन्छ, गुणस्तरहीन र तोकिएको सामान नआएको भए किन प्रज्ञाले मैले बुझाएको बिल र सामान सहीछ भनेर प्रमाणित ग¥यो ? गुणस्तरहीन भएपनि नभए पनि अब त्यसको जिम्मेवारी प्रज्ञाकै कर्मचारी हो, कुलपतिलाई गएर सोध्नुभए राम्रो हुनेछ ।’

यसरी घुमाउरो पारामा नाफा खानकै लागि सो टेण्डरमा मिलेमतो गरेको ठेकेदार पुरीले स्वीकारे । उनले अगाडि भने,‘यस विषयमा हामी ठेकेदारहरु हैन जेल जानुपर्ने यदि गुणस्तरहीन र अत्यधिक महंगो मूल्यमा सामान ल्याएको भए बिल र सामान पास गर्ने बेलामै प्रज्ञाले रोक्नुपर्ने थियो, गुणस्णतरहीन सामान भए पनि महंगोमा खरिद गरेको भए पनि अब जेल प्रज्ञाकै कर्मचारी जानुपर्छ, हामी ठेकेदार कम्पनी हैन ।’

ठेकेदार पुरीका अनुसार सो मेसिन खरिद गर्न तयार पारेको कागजातसहित तत्कालीन समयमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नियन्त्रणमा लिई चार महिनापछि मुद्दाको फैसला गरेको थियो । सो समयमा पनि प्रिन्टिङ मेसिन खरिदका नाममा करोडौँ रुपैयाँ कमिसन खाने तयारी गरेको सूचनाका आधारमा सो फाइल आयोगले बरामद गरेको थियो ।

एकातर्फ ठेकेदार पुरीले कुलपति उप्रेतीसहित प्रज्ञाकै कर्मचारीमाथि दोष लगाउँदा प्रज्ञा प्रतिष्ठानबाट कुनै प्रतिक्रिया आउनसकेको छैन । सो आरोपका बारेमा प्रतिष्ठानका कुलपति उप्रेतीसँग सम्पर्क गर्दा खरिद गरेको सबै सामानहरु विद्यमान कानुनभित्रै रहेर खरिद गरिएको बताए । ‘हामीलाई कसले के भन्छ के आरोप लगाउँछ भन्नेतर्फ ध्यान दिनुको कुनै औचित्य छैन’, उनले भने,‘प्रज्ञाले के गर्छ के किन्छ त्यसमा तपाईंलाई के चासो ? हामीले सार्वजनिक खरिद ऐनअनुसार खरिद गरेका छौँ, कुनै हिनामिना भएको छैन ।’ यसरी सरकारी संस्थानको ढुकुटीबाट खरिद गरेको प्रिन्टिङ मेसिन खरिदमा न्यूनतम छ करोड ५० लाख रुपैयाँ बढी मूल्यमा खरिद गरेको प्राप्त प्रमाणका आधारमा देखिन आएको छ ।

कुलपति उप्रेतीले आपूmमाथि लागेको आरोपका सम्बन्धमा कुनै जवाफ नदिई एकाएक सबै मभन्दा माथिबाटै भएको हो, पहिलो त सार्वजनिक खरिद ऐनअनुसार र खरिद ऐन बनेको कमिटीले तय गर्ने हो सोहीअनुसार भएको दाबी गरे । उनले सो कमिटी कसको संयोजकत्वमा छ भनी गरेको प्रश्नमा कुलपति उप्रेतीले सो आफूलाई जानकारी नभएको बताए । (आर्थिक दैनिकबाट साभार)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan