Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल श्रावण २२ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २२ मंगलबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २२ गते  मङ्गलवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०७ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको एकादशी । 

योगः व्याघात ।

नक्षत्रः  रोहिणी ०९ः३३ बजेपछि मृगशिरा ।

करणः बव १४ः४१ बजे उपरान्त बालव ।

चन्द्रमाः  वृषमा राशिमा, २०ः५७ बजेपछि मिथुनमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३० बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४७ बजे ।

राहुकालः १५ः२७ बजेपछि १७ः०७ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी दक्षिण दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आज दिन अल्लि अलमले दिन रहनेछ । भरविश्वास गरिएको आफन्तबाटै धोखा हुनसक्ने सम्भावना देखिएकोले कसैबाट कुनै अपेक्षा नगर्दा नै सुख होला । वाक्दोषको योग समेत परेकोले आफ्नै वोलीवचनले दुख पाइनसक्छ, वाणीव्यवहारमा ख्याल गर्नुहोला । अल्लि राजसिक एवम् तामसिक आहारमा मन जानपनि सक्ने तथा धनोन्माद् बढ्ने र सञ्चित धनको अपव्यय गराउने कुरालाई पनि गोचरले संकेत गरेको छ । उत्तेजनात्मक स्वभावलाई संयम गर्नुपर्ला अन्यथा न्याउरीमारी पछुतो पर्नसक्ने छ । आज यहाँलाई दुई अङ्क, सेतो तथा रातो रङ्गको उपयोग र गणेश भगवानको श्रद्धाभक्ति शुभकर हुनेछ ।

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सुधारोन्मुख छ । नया“ कार्यदिशा अवलम्बन गर्नसकिने तथा नयाँ कामको प्राप्ति हुनसक्ने छ । व्यक्तित्त्वको प्रभावबढ्ने तथा ईज्जत र मानप्रतिष्ठा बृद्धि हुनेछ । अनुकूल एवम् सहज दिन परेकोले आज यहाँको दिनचर्यामा मनोरञ्जन एवम् सुखशान्तिको पत्याभूति हुनेछ । मनोवाञ्छित भोजन र स्वागत सत्कार प्राप्ति हुनसक्ने छ । व्यवसायिक लाभ मिल्नेछ । इष्टमित्रको आगमन हुने र सौगात आदि मिल्नसक्ने हुनाले पारिवारिक वातावरण पनि सौहार्दता पूर्ण बन्नेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको सदुपयोग शुभकर हुनेछ भने भगवान गजानन्को दर्शनभक्ति गर्नु फापकर हुनेछ ।

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन घरायसी  आवश्यकताहरु थपिने र व्ययको मात्रा बढ्नसक्ने  छ । कामकार्यमा पनि प्रत्यक्षाप्रत्यक्ष रुपमा बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ । बरु खासै योजना भित्र नपरेको तथा नसोँचिएको काम बनेर राहत मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आ“च आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र गुरुगणपतिको भक्ति आज तपाईँको लागि विशेष फाइदाकर हुनेछ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन कार्यक्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने गोचर परेको छ । प्रतिस्पर्धामा विजय मिल्ने तथा प्रख्याति बढ्ने छ । अध्यनअध्यापन एवं लेखनजन्य कार्यमा पनि प्रगति हुने छ भने गृहस्थीहरुलाई सन्तानको पक्षबाट सन्तोषपूर्ण भूमिका निर्वाह हुनेछ । दिनको सदुपयोग गरी अधुरा रहेका कामहरुलाई पूरा गर्न आफ्नो कामलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने भगवान सिद्धिविनायक गणेशको उपाशना आराधना गर्नु हुभप्रद हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आज दिन गोचर अनुकूल एवं उपलब्धिमूलक रहनेछ । व्यवसायिक कर्मक्षेत्रमा राम्रो उन्नती हुनसक्ने देखिन्छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्ने र नमात्तिने गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ । आज तपाईँलाई एक अङ्क, रातो रङ्गको उपयोग र मान्यजनको आर्शिवाद लिनु तथा भगवान गुरुगणपतिको स्तुति उपाशना गर्नु शुभदायक हुनेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन अवमूल्यनको बाबजुतपनि केही उपलब्धि हासिल हुनेछ । माथिल्लो तहबाट अपजश एवम् दबाब आउनसक्ने सम्भावनालाई ग्रहले लक्षित गरिरहेको छ । कामकुरामा आज यहाँले अल्लि सावधानी अप्नाउन जरुरी हुनेछ । केही औपचारिक कार्यमा अल्लि व्यस्त हुनपर्ने छ । कर्मक्षेत्रमा साविकभन्दा अल्लि बढी परिश्रम गर्नुपरे पनि केही सन्देहबाबजुत पनि धार्मिक–आध्यात्मिक चिन्तन बढ्ने र धर्मकर्म सम्पादन हुनगई सदाचारले जय प्राप्त हुनेछ । ज्ञानी तथा धार्मिकजनप्रति लागेको सन्देह हट्ने तथा मार्गबोध हुनेछ । अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद हातपार्न सकिनेछ । नआत्तिने र नमात्तिने गर्नु बुद्धिमानी हुनेछ ।

 

 

तुला राशिः

तुला राशिहुने हरुको लागि आजको दिन अनपेक्षित रुपमा दिन संघर्षकर अनुभूति हुनसक्ने छ । विघ्नबाधाको सामना गर्नुपर्ने स्थिति सृजना हुने, कडा मेहनतलेमात्रै अल्पलाभ मिल्नसक्ने छ । विमारी पर्नसकिने सम्भावनालाई पनि नकार्न सकिन्न । प्रतिकूल परिवेशसँग मुकाविला गर्न हिम्मत तथा मानसिक योजना बनाइराख्नु उपयुक्त हुनेछ । साथै संयमशक्तिको बृद्धि गर्नु मनासिव हुने छ । विघ्नबाधा तथा वेचैनीेको सामना गर्नु परेपनि धैयता नटुटाउने र स्वकर्ममा एकाग्र रहने गर्नाले सम्भावित क्षतिखति एवं प्रतिकूलतामा कमि ल्याउन सकिने छ भने आंशिक लाभ एवं सफलता प्राप्त गर्न सकिने छ । आज यहाँलाई आठ अङ्क, रातो रङ्गको प्रयोग र गुरुगणपतिको भक्तिभावले शुभ हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद–प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसाय तर्फ सामान्यभए पनि उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । आज यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने साढेसाती शनिको दुष्प्रभाव भोगिरहनु भएको यहाँले भगवान हनुमानदेवको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन गोचर ग्रह अनुकूल देखिएको छ । शरीरमा आरोग्यता, मनमा उमङ्ग तथा कार्यमा उत्साह बढ्नेछ । व्यापार तथा व्यवसायले उल्लेखनीय महत्त्व पाउन जाने र धनऐश्वर्य बृद्धि हुने देखिन्छ । केही महत्त्वपूर्ण एवं प्रशंसनीय कार्य सम्पादन हुनेछ । प्रतिस्पर्धामा विजय प्राप्ति हुनेछ ।कामकार्यमा देखिएका बाधाब्याबधान हट्ने तथा विरोधी पाखा लाग्ने छन् भने प्रतिरोधिहरु सम्झौतामा आउने छन् । विशेष स्थानको यात्रा हुनसक्ने छ । इष्टमित्रबाट उपयुक्त सहयोग मिल्ने छभने प्रेमसंबन्धमा प्रगाढता आउने छ । आज तपाईँको लागि छ अङ्क, हरियो रङ्गको पदार्थको प्रयोग र गुरुगणपति एवं भगवान हनुमानको सेवा आराधना शुभकर हुनेछ ।

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन मध्यम रहेको छ । आत्मरतीको चाहना तथा बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले अर्काबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययनको पक्षमा भने फाइदा लिन सकिनेछ । ध्यानपूर्वक स्वकर्मक्षेत्रमा समय दिनाले दैनिकी कार्यबाट सामान्य लाभ गर्नसकिने छ । पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने भगवान श्री गणेशको भक्ति बढाउनु उपयुक्त हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन समसामयिक जनव्यवहारका कार्यमा अड्चनको सामना गर्नपर्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्नसक्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयमता अप्नाउनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिने छ र सफलता पनि मिलनसक्ने छ । आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद लिनु आज तपाईँको लागि शुभदायक हुनेछ ।

 

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुने दिन रहेको छ । प्रतिष्प्रधाजन्य कार्यमा सफलता मिल्ने छ । दैनिक कामकार्यको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा विशेष रुचि बढ्ने छ । महत्त्वपूर्ण कार्ययोजना अगाडि बढाउनसकिने छ । आफन्तीसँग भेटघाट हुने र केहीहद्सम्म सहयोग पनि पाइने छ । व्यवसायिक क्षेत्रबाट लाभ पनि गर्नसकिने छ । मुख्य एवम् महत्त्वपूर्ण काममा साथसहयोग पनि प्राप्त गर्नसकिने छ । आज तपाईले तेस्रो सँख्या, हरियो रङ्गको प्रयोगको साथमा गुरु गाणपितको आराधना गर्नु शुभदायक हुनेछ ।

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan