Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिरहामा घुमुवा प्रहरी टोलीहरुको अशुली आतंक, मुख्यालय रमिते बन्दा अशुली धन्दाले पायो ग्राह्यता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २२ मंगलबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, सिरहा, २२ साउन । जिल्ला प्रहरी कार्यालय सिरहाका बदनाम घुमुवा प्रहरी टोलीहरुको अशुली आतंक जारी छ । एसपी जीवन श्रेष्ठ सोझो प्रकृतीको भएकै कारण जिल्लामा घुमुवा प्रहरीहरुको रजाइँ बढ्न थालेको छ ।

अशुली आतंकले जरा गाडेको छ भने, यो परम्परा दिनानु दिन बढ्दै गएको र बढ्ने प्रक्रियामै रहेको प्रहरी स्रोत दाबी गर्छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सोलु दरबन्दी भएका असर्इ रमेश कुमार मेहत्ता सहित आधा दर्जन भन्दा बढी प्रहरीकै कारण जिल्लाको सुरक्षामा चुनौती देखा परेको बताइन्छ ।

प्रहरी हवल्दारद्वय कृष्ण कुमार यादव र सन्तोष झा र प्रहरी जवान कैलाश कुमार यादव अशुलीको मामिलामा अग्रपंक्तिमा छन् । बदनाम प्रहरी हवल्दार झा जिल्लाभरकै बिवादित प्रहरी हुन् ।

यस अगाडि पनि उनलाई तत्कालीन आइजी उपेन्द्रकान्त अर्यालको समयमा आर्थिक काण्डमा परेपछि मुुुख्यालयमै तानी आवश्यक अनुसन्धानका क्रममा दोषी भेटिए पनि भनसुनका आधारमा पुनः सोही ठाउँमा फिर्ता हुन सफल भएका थिए । असर्इ मेहत्ता पनि बदनाम प्रहरी रहेको स्रोतले बताएको छ ।

उता, अर्का दुई घुमुवा यादवद्वय पनि अशुलीको मामिलामा कहिल्यै पछाडी पर्दैनन् । उनीहरुको समूहले जिल्लाको बसबिटामा किराना पसल थापेर ब्याबसायी गर्ने रामेश्वर यादवसित तस्करी सहज बनाइदिने बताउदै रकम हात पार्ने गरेका छन् ।

उनीहरुले एक साता अगाडि तस्कर यादव सित मोटो रकम घुस  लिइएको स्रोतले बताएको छ । उता, अपराध अनुसन्धान बिभाग दरबन्दी भइ हाल ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा कार्यारर्त असर्इ (बैजु) भन्ने बैधनाथ यादव, हवल्दार दीपेन्द्र यादव र प्रहरी जवान मिलन कुमार बिष्टले समेत अशुली धन्दा जिल्लामा मच्चाउने गरेको समाचार स्रोतले बताएको छ ।

समाचार स्रोतले बताए अनुसार उनीहरु आईजीको आदेशलाई समेत चुनौती दिदै आपराधिक गिरोहसँग प्रत्यक्ष रूपमा साँठगाँठ गर्ने गरेका छन् । उदाहरणस्वरुप गएको असार ११ गते राती १२ बजे सिरहाको मिर्चैयामा पूजा भईरहेको एक घरमा डाँका समुहको आक्रमणमा परी आधा दर्जन स्थानीय घाईते भए ।

आक्रमणमा परी स्थानीय अजय प्रकाश यादव, दीपेन्द्र कुमार यादवको अवस्था चिन्ताजनक भए । उनीहरुको टाउको र जीउमा ज्यान जानेसम्मको चोट लागेको थियो । टाउकोमा चोट लागेका दिपेन्द्रको बिराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको छ ।

ज्यान मार्ने उद्योग जस्तो गम्भीर प्रकृतीको मुद्दालाई असर्इ यादवको सेटिङमा सार्वजनिक मुद्दा लगाइ डाँका समुहलाई उन्मुक्ति दिन खोजेका थिए । बिहेको जन्ती आउँदा मोटरसाईकल ढलेको बिषयलाई लिएर झगडा भएको भन्दै सामान्य चोटपटक लागेको कारण सार्वजनिक मुद्दा लगाएको जति दाबी गरेपनि घट्ना उनले भने जस्तो थिएन ।

यदि सामान्य घाइते नै भएको भए पनि घाईतेलाई बिराटनगर न्यूरो अस्पताल किन पुर्‍याउनुपर्‍यो भन्ने पत्रकार प्रनिश थापाको प्रश्नमा उनी अकमक्काएका थिए । एउटा मोटरसाईकल ढलेको बिषयलाई लिइ रातको समयमा झगडा गर्ने उद्देश्य राखी पुनः सोही ठाउँमा हातहतियार लिई आक्रमण गर्नु कानुनत ज्यान मार्नु सरहको हो ।

यतिमात्र नभई अस्पताल भर्ना भएका दिपेन्द्रलाई डिस्जार्च भई तुरून्त थानामा आएर मिलापत्र गर्न समेत दबाब दिइरहेको छ । आक्रमणकारी डाँका समुहका अशोक यादव, उमेशकुमार यादव, खगेश्वर यादव, शम्भू यादव, सम्बन्द्र कुमार यादव, काशिन्दर र पवन यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये मुख्य अभियुक्त अशोक, उमेश र खगेश्वरलाई असर्इ यादवकै सेटिङमा मोटो रकमको चलखेल पश्चात छाडिएको छ । डाँका समुहले सिराहको बिभिन्न स्थानमा बर्षौदेखि डाँका गर्दै आएको र यो समुहका अशोक, उमेश र खगेश्वरमाथि पनि आफ्नै श्रीमती मारेको आरोप लागेको थियो । असर्इ यादव हाल तालिममा छन् ।

सो, क्रममा आवश्यक अनुसन्धानका लागि निजलाई जिल्लामा तानिएको भए पनि तालिमका लागि नाम परेपछि उनलाई पुनः सोही ठाउँ फिर्ता गरिएको हो । त्यस्तै, अर्का बदनाम प्रहरी हवल्दार यादवका साथै बिष्टसमेत अशुली धन्दामा माहिर छन् ।

अनुसन्धानकै सिलसिलामा प्रहरी जवान बिष्ट असार पहिलो साता दुई नम्बर प्रदेश प्रहरी कार्यालय धनुषा तानिएकोमा पुनः भनसुन र चलखेलका आधारमा साबिककै क्षेत्रमा फिर्ता भएका थिए । बिष्टले अहिले डिआइजी दिनेश अमात्यका लागि अबैध रूपमा रकम उठाउने ठेक्का लिने गरेको स्रोतले बताएको छ ।

उनले कपडाको तस्करी गर्ने प्रमोद यादव घुस रकम लिने र बुझाउने काम गर्दैआएको समाचार स्रोतले बताउँछन् । त्यस्तै, ईलाका प्रहरी कार्यालय गोलबजारका सई रामकृष्ण चौधरीको समेत अशुली धन्दा अझै रोकिएको छैनन् ।

यस अगाडि माडर प्रहरी चौकीमा ८ महिना हुँदा होस् या अन्यत्र उनी अशुली धन्दामा बारम्बार मुछिने गरेका प्रहरी अधिकृत हुन् । चौधरी अहिले गोलबजार पुगे पनि कमाउ धन्दा लाई नै निरन्तरता दिइरहेका छन् । त्यस्तै, ईलाका प्रहरी कार्यालय माडरका प्रहरी जवान आमोद कुमार यादवको समेत अशुली धन्दा बढ्दै गएको छ ।

अहिले उनीहरुकै सक्रियतामा माडरका चर्चित तस्करहरु सुरजा, प्रमोद, गणेश, रामसेवक, नन्नु, पन्सा, देवन यादव, रामएकुवाल दास, सन्तोष पुर्वे लगायतले दैनिकी १० देखि २० बोरासम्मको चामल र चिनी भन्सार कटाउने गरेका छन् ।

त्यस्तै, भारतका महात्मा, जितेन्द्र पुर्वे, वकिल, ललन यादव लगायतले निर्वाध रूपमा हार्डवेयर, कपडा, खैनी, सुर्ती भित्र्याउने काम भईरहेको छ । वर्डा प्रहरी कार्यालय सिरहाका प्रहरी जवान हरी कुमार राउत र प्रहरी हवल्दार देवेन्द्र शाहको समेत अशुली धन्दा बढ्दो छ ।

हवल्दार शाह ( पोर्टमास्टर) हुन् । यद्यपि, उनी समेत अशुली धन्दामा सक्रिय भईरहेका छन् । उता, २०७४ फागुन २६ गते रातीको समयमा सिरहा नवराजपुर गाउँपालिका वर्डा नम्बर ४ नहमियाँ टोलका अन्दाजी बर्ष ३० को एक महिलालाई (सन्त) भन्ने बाबा सुगनारायण दासले यौनशोषण गरे । घट्नालगत्तै गाउँलेले आरोपितलार्इ नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो । 

उक्त समयमा आरोपित भनिएका दासले घट्नाबारे प्रहरी समक्ष यौनशोषण गरेको भनी स्वीकार समेत गरे । सो, क्रममा उनलाई ईलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक रबि भूषण प्रसाद यादवले यौन दुराचार गरेको प्रमाणसहित गाउँलेहरुले प्रहरीलाई बुझाएको अवस्थामा समेत गल्ती ढाकछोप गर्नतर्फ लागेका यादवले आरोपितलाई कठघरामा उभ्याउनुको सट्टा मोटो रकमको आर्थिक लेनदेनमा उनलाई उन्मुक्ति दियो भने, रामजानकी मन्दीरका पुजारीलाई जग्गा मन्दीरको नाममा समेत पास गर्न लगाइ कुनै मुद्दा दर्ता नै नगरी उन्मुक्ति दिए ।

उता, उनै प्रहरी निरीक्षक यादवले २०७४ चैत २८ गते रातीको अन्दाजी २०ः३० बजेको समयमा सिरहा नवराजपुर गाउँपालिका वर्डा नम्बर ३ स्थितमा रहेको फुलवारीया मुसहरीया टोलस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ गइरहेको ( माटो लोड गरेको) स. १. त २३४७ नम्बरको ट्याक्टरले ऐ.ऐ. ३ बस्ने रामदयाल यादवको छोरी अन्दाजी बर्ष ७ को करीमा कुमारी यादवलाई बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिई घट्नास्थलमै मृत्यु भएको र चालक फरार भएको सो क्रममा सिमा प्रहरी चौकी झाजपट्टीले ईलाका प्रहरी कार्यालय महेशपुरपतारका कार्यालय प्रमुख प्रहरी निरीक्षक यादवलाई  सवारी नियन्त्रणमा लिएर बुझाएको अवस्थामा उनै घुस्याहा प्रहरी प्रमुखले मुद्दा दर्ता नगरी मोटो रकम बार्गेनिङ गरेर गाउँघर टोल र छरछिमेक सहित पीडितलाई समेत दबाबमा एवं दमन गरेर जवरजस्ती मिलापत्र गरेको र यस अगाडि संघीय प्रहरी इकाई राजबिराजमा रहुदा समेत जिल्लाका विभिन्न घुमुवाहरुलाई बोलाइ रक्सी, काजु किन्न लगाइ पाँच हजार रुपैयाँ सम्म खर्च गराइ पठाउने निज प्रहरी निरीक्षक यादवमाथि गम्भीरतापूर्वक अनुसन्धान गरियोस् ।

(स्मरण रहोस् : उनै प्रहरी निरीक्षक यादव सई दर्जामा हुँदा जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवामा कार्यारर्त रहदा समेत अशुली काण्डमा तानिएपछि उनलाई प्रहरी मुख्यालयले निलम्बन गरेपछी उनलाई भोजपुरमा काज खटाइएको थियो । र, उनी एक बर्ष भोजपुरमा हुँदा समेत उनको ब्याबहारमा कुनै परिवर्तन आएनन् त्यसपछि उनी प्रहरी निरीक्षकमा बढुवा भए र संघीय प्रहरी ईकाइ कार्यालय राजबिराज पुगेपछि दुई नम्बर प्रदेश प्रहरी कार्यालयले फागुन ०८ २०७४ मा चलानी नम्बर १९५ अनुसारको फिर्ता रवाना गरि पठाइएको भनी नयाँ चलानी नम्बर ५३७ उल्लेख गरेर पठाइए पनि अझैसम्म उनी सुध्रन सकेका छैनन् । जुन ४ महिनाको घट्ना क्रमले पुष्टि गर्दछ) ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा दरबन्दी भइ हाल ईलाका प्रहरी कार्यालय लहानमा कार्यारर्त प्रहरी हवल्दार दुर्गा प्रसाद यादव, भगवानपुर प्रहरी चौकीमा कार्यारर्त प्रहरी हवल्दार मिग्रेन्द्र यादव, झाजपट्टी प्रहरी चौकीमा कार्यारर्त प्रहरी हवल्दार वीरेन्द्र कुमार यादव, कजरा (जानकीनगर) प्रहरी चौकीमा कार्यारर्त प्रहरी जवान सुरज कुमार चौधरी (कलवार), बरियारपट्टी प्रहरी चौकीमा कार्यारर्त प्रहरी हवल्दार रामचन्द्र यादव लगायत अधिकांश प्रहरीहरुको समेत अशुली धन्दा पछिल्लो पटक ह्ववात्तै वृद्धि हुँदै गएको छ ।

अहिले बरियारपट्टीबाट ज्ञानु, नौथनी लगायत महिलाले भारतबाट कपडा ल्याउने गरेका छन् । पहाडी भन्ने चन्द्रनारायण यादव, महेन्द्र शाह, जिवछ साह, बिजय साह, शिवकुमार यादवले कपडाको तस्करी गर्ने गर्छन् । भने, जिल्लाकै मिर्चैयामा राजीव यादवको कोहीनुर बस्त्रालय छ जहाँ भन्सार छलीका कपडाको नियात हुने गर्दछ ।

हाल सिरहाको ठाँडी बस्ने भारतीय नागरिक अशोक शर्मा, गोपाल अग्रवाल (थर पुष्टि नभएको) मुरारीहरु लगायतले मोबाईल, मरिच, ल्वाङ्ग, स्याउ लगायत तस्करी गर्ने गरेका छन् ।

झाजपट्टीबाट आनन्द यादव, बद्री यादव, मनोज यादव (नेपाली कांग्रेसको वर्डा अध्यक्ष) भारतको तिर्थ यादव, पप्पु यादव लगायत समेतले मोबाईल, मरिच, स्याउ ट्याक्टरमा लैजाने गरेका छन् भने कपडा, चिनी भारतबाट ल्याउनेसम्म गरेको छ । दुई नम्बर प्रदेश प्रहरी कार्यालयको कमजोर कमान्डका कारण जिल्लाभर अशुली धन्दाले तीव्रता पाउदै गइरहेको प्रहरी अधिकृत गुनासो पोख्छन् ।

छानबिन गर्न गृहको हेर्ड्क्वाटरलाई निर्देशन
यसैबीच, साउन ५ गते हामीले सिरहा प्रहरीको अशुली धन्दाको बारेमा पर्दाफास गरेपछि के कसो भएको हो आवश्यक छानबिन गरि कार्वाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको बुझिएको छ । हामीले सिरहामा हुन पुगेको बेथितीको बिषयमा गृहसम्म जवाफ माग गरेका थियौं ।

तर, त्यहाँ कर्मचारीले बताए अनुसार गृहलाई प्रधानमन्त्री कार्यालयबाट परिपत्र भएसंगै प्रहरी मुख्यालयलाई आवश्यक छानबिन गर्न निर्देशन दिइसकेको स्रोतले बताएको छ । मुख्यालयका प्रहरी स्रोतका अनुसार गृहबाट पत्र आएको र सत्यतथ्य बुझेर आवश्यक छानबिन गर्न सम्बन्धि प्रदेशलाई निर्देशन दिने हो कि मुख्यालय नै तान्ने हो त्यस्को गृहकार्य भइरहेको बताए ।

गृहबाट परिपत्र भएको छ, छानबिनका लागि निर्देशन प्राप्त भएको छ अब हामी छानबिन गर्छौं । त्यहाँ खटिएका एक प्रहरी भन्छन् : पोलिग्राफ टेस्ट गरेर भए पनि जस्ताको त्यस्तै हामी सत्य तथ्य बुझेर हामी बाहिर ल्याउन्छौं, दोषी भेटिए त्यस्तालाई संगठनमा ठाउँ छैनन् ।

उनले भने, संगठनलाई धमिल्याउने मानिसहरू सक्रिय छन् । उनीहरु माथि हाम्रो निगरानी छ । (दुई नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी दिनेश अमात्यका बिश्वासिला घुमुवा प्रहरी जवान प्रमोद सिंहको घुस काण्डले पनि निकै चर्चा पाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan