Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संविधानको दायराभित्र बसेर सबैले काम गर्नुपर्छः मुख्यमन्त्री भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २२ मंगलबार |
newsabhiyan

कैलाली, २२ साउन : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले दिएको अधिकारलाई प्रयोग गरी प्रदेशको स्थायी राजधानी तोक्ने बताउनुभएको छ ।

प्रदेश नं ७ को स्थायी राजधानी डोटीको दिपायल हुनुपर्ने माग राख्दै आज धनगढीमा स्थापनार्थ संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै उहाँले नेपालको संविधानमा प्रदेशसभा सदस्यको दुईतिहाई बहुमतले स्थायी राजधानी तोक्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘मुख्यमन्त्री, मन्त्री अथवा प्रदेशसभा सदस्य जो सुकै भएपनि संविधानको दायराभित्र बसेर नै काम गर्नुपर्छ ।”

यस बिषयमा प्रदेशसभाले संसदीय सुझाव समिति बनाएको बताउँदै त्यो सुझाव समितिले आफ्नो कार्य अगाडी बढाई राखेको छ भन्नुभयो ।

समितिले बुझाएको ज्ञापनपत्रमा प्रदेश नं ७ का स्थायी राजधानी डोटीको दिपायल हुनुपर्ने, राज्यको पुनः संरचनामा प्रदेश र प्रदेशको स्थायी राजधानी तोक्दा, भौगोलिक अनुकुलता र दुरी, ऐतिहासिक गौरब तथा तथ्य, भाषिक तथा सांस्कृतिक पहिचान, पहाडी क्षेत्रको जनसंख्या, भौतिक पूर्वाधार, सुरक्षा तथा सामरिक महत्वलगायतका बिषयमा विचार पु¥याउनु पर्ने उल्लेख छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan