Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं. २०७५ साल श्रावण २३ गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २३ बुधबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २३ गते  बुधवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ०८ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको द्वादशी, २३ः०५ बजेपछि त्रयोदशी । 

योगः हर्षण, २२ः४५ बजेपछि बज्र ।

नक्षत्रः  मृगशिरा ०८ः१६ बजेपछि आद्र्रा ।

करणः कौलव १२ः१४ बजे उपरान्त तैतिल ।

चन्द्रमाः  मिथुन राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३१ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४६ बजे ।

राहुकालः १२ः०८ बजेपछि १३ः४८ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी दक्षिण दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मुख्य ठानिएको काममा भने अबरोध तथा ढिलाई हुनसक्ने छ । रपनि शारीरिक जोशजाँगर बढ्ने हुनाले रोकिएर रहेका कामलाई अगाडि बढाउन सकिनेछ । सहयोगीहरु जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवम् भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । भगवान श्री हनुमानजीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।

 

वृष राशिः

वाणीको ओज घट्नसक्ने डर देखिएको छ । पेशा तथा व्यवसायबाट केहीहद्सम्म धनखजाना जम्मा हुने तथा आफन्तहरूबाट सहयोग मिल्ने एवम् उत्साह उमङ्ग हुने भएपनि सम्पत्ति दुरूपयोगको संभावनालाई नकार्न सकिन्न । निराधार आश्वासनको भरविश्वास नगरेकै राम्रो हुनेछ । विपरित खानपानको संगतमा पर्नसकिने पनि सम्भावना देखिएको छ । माँ लक्ष्मीको सेवा आराधना शुभप्रद हुनेछ ।

 

मिथुन राशिः

व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलताको लागि बृहस्पतिका प्रतिनिधि गुरु जनहरुको आर्शिवाद लिनु बुद्धिमानी हुनेछ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ ।

 

 

कर्कट राशिः

केही कठिनाइको सामना गर्नपर्ने खालको दिन रहेको छ । कामकार्यमा आज तुलनात्मक रुपमा बढीनै कोसिस गर्नुपर्ने छ । सोँचविचार विना बहकावमा आएर कुनै कार्य नगरेकै राम्रो हुनेछ । धैर्य धारण गर्न नसके खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । फजुल यात्राको पनि योग देखिएको छ । तथापि केही संघर्षको सामना पछि गर्जो टर्दै जानेछ धैर्य गर्नुहोला । भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति एवं दर्शनसेवा गर्नु शुभकर हुनेछ ।

 

 

सिंह राशिः

व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक आर्जन हुने छ । लौकिक प्रख्याति बढ्ने तथा आफन्तजनको आगमनले वातावरण सौहार्द बन्ने छ ।  पुरुषार्थ बृद्धि हुने र प्रसंशा मिल्नेछ । विशेष महत्त्वपूर्ण काममा सहयोग प्राप्ति हुनेछ । प्रगति एवं उन्नति गर्नसकिने छ ।  सुमधुर प्रेमसम्बन्ध स्थापित हुने सम्भावना छ । दुई अङ्क, पहेंलो तथा सेतोरङ्गको प्रयोग र भगवान श्रीहरिको श्रद्धाभक्ति एवं स्तुति आराधना गर्नु शुखदायक हुनेछ ।

 

 

कन्या राशिः

मानसम्मान बढ्ने र पदप्रतिष्ठा प्राप्ति हुने दिन छ रपनि आफ्नै आत्मबल कमजोर रहनसक्ने सम्भावनाको छ । व्यापार व्यवसायबाट केहीहद्सम्म लाभ गर्नसकिने छ । उच्च ओहोदाको व्यक्तिसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । राजकाज तथा जागिर आदिमा पनि सहज वातावरण बन्नेछ । एक अंक, रातो रङ्गको प्रयोगव्यवहार शुभ रहने छ भने हनुमानदेवको स्तुति गर्नु फापकर हुनेछ । 

 

तुला राशिः

अपजसबाबजुत पनि काममा सफलता र व्यवसायिक लाभ मिल्नेछ । धार्मिक क्षेत्र तथा सन्तजनप्रति मनमा जागेको सन्देह वा नकारात्मक विचार हटाउने अवसर प्राप्त हुनेछ । कामकार्यमा अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद ल्याउनसकिने छ । साहित्यिक, कला संगीत कर्मीहरुको लागि पनि उपलब्धि र लाभ मिल्ने छ । तीर्थादिको भ्रमण हुनसक्ने छ ।

 

वृश्चिक राशिः

स्वास्थ्य र आँटेताकेको कार्यलाई नकारात्मक असर पर्ने देखिन्छ । खानपान तथा व्यवहारमा सावधानी अप्नाउँदै सामान्य दैनिकी कार्यमा संयमपूर्वक अगाडि बढ्नसक्नु हुनेछ । आठ अंक, रातो रङ्ग शुभ रहनेछ भने रोगी तथा दीनदुखीको सेवा गर्नु र आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

 

धनु राशिः

दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने वा प्रेमप्रस्ताव आउनसक्ने सम्भावना छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । कार्यक्षेत्रमा सकारात्मक वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवम् मानसिक शान्ति मिल्नेछ । सात अंक, सेतो रङ्गको प्रयोग र विपरित लिङ्गीलाई उपहार दिनु फापसिद्ध हुनेछ  ।

 

मकर राशिः

गन्तव्यचुम्न कठिन देखिएको छ । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । वातवायु एवम् स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावना छ स्वास्थ्यमा ख्याल पुर्याउनु होला ।

 

कुम्भ राशिः

बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ । तथापि विद्याबलको उन्माद बढ्सक्ने डर भने देखिएको छ । कसैकसैलाई परिश्रमविनाको धन प्राप्ति गर्ने आकांक्षा पलाउनसक्ने र त्यसको परिणाम विपरित आउनसक्ने सम्भावना देखिन्छ । सदाचार एवम् सत्कर्मले भने केही लाभ नै दिनेछ । भगवान विष्णुको दर्शनभक्ति शुभप्रद हुनेछ ।

 

 

मीन राशि:

कामकार्यमा विभिन्न अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु आइलाग्न सक्ने भएकोले संघर्षबाट मात्रै अल्पलाभ एवम् सफलता मिलनसक्ने छ । विचारमा संकोचको भावनाले दुख दिनसक्ने र नसो“चेको झमेला आइपर्नसक्ने हुनाले अनावश्यक आसक्ति नगरेकै राम्रो हुनेछ । सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ ।

 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan