Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रमोद खरेलको पैले माया सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २३ बुधबार |
newsabhiyan
newsabhiyan

इटहरी । नेपाली सुगम संगीतका चर्चित गायक तथा द भ्वाईस अफ नेपालका निर्णायक प्रमोद खरेलको आवाजमा रहेको एक निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कोशी पुर्वको ईटहरी र मोरंगको बृन्दाबन गौशालाको रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ ।

‘पैले माया’ बोलको गीतलाई गीतकार सालिक ओली क्षेत्रीले लेखेका हुन् । गीतलाइ रमेश श्रेष्ठले संगीत गरेका हुन् भने सन्दिप कार्कीले एरेन्ज गरेका छन् ।

उक्त गीतको भिडियोमा रोहित घिमिरे, पुजा दाहाल र बिनोद घिमिरेले अभिनय गरेका छन् । रोहितको अभिनयमा यो दोश्रो म्युजिक भिडियो हो भने बिनोद र पुजा यसै भिडियो मार्फत भिडियो मोडलिङ्गमा प्रवेश गरेका छन् ।

गीतकार समेत रहेका रोहितले यसअघि प्रमोद खरेलको आवाजमा आफ्नै सब्द राखेर ‘संगै जिउने मर्ने कसम’ बोलको गीतको भिडियोमा समेत आफैले अभिनय गरेका थिए । 

भिडियोलाई परिकला मिडिया प्रालिको प्रस्तुतिमा सुवास संकल्पले निर्देशन गरेका हुन । संकल्प मोफसल सुनसरीको ईटहरिमा बिगत लामो समयदेखि रंग मिडियाकर्मिका रुपमा कला र मनोरन्जन विधामा रहेर काम गरिरहेका छन् ।

सार्बजनिक भिडियोको कन्सेप्ट उनैले तयार गरेका हुन् । भिडियोमा मार्टिना मेकअप स्टुडियो ईटहरिकि उर्वी श्रेष्ठले मेकअप गरेकी छिन भने सुमन तामांगले क्यामेरा तथा ड्रोन चलाएका छन् । भिडियोलाई पवन सुस्लिङ्गले सम्पादन गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan