Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कस्तुरीको बिनासहित चार जना प्रहरी फन्दामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ साउन । काठमाडौंको ज्याठास्थित अवैध बन्यजन्तु कस्तुरीको बिना बिक्री वितरणको लागि बोकी हिडेको गोप्य सूचनाको आधारमा चार जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमादिपक नेपाली, अर्पण सुनुवार, उज्वल पाण्डे र जिवन बस्नेत रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तो छ घटनाको विवरण :–
मिति २०७५/०४/२३ गते बेलुकी अं.१८:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं. २७ ज्याठा स्थितमा अवैध बन्यजन्तु कस्तुरीको बिना बिक्री  वितरणको लागी बोकी हिडेको भन्ने गोप्य सुचनाको आधारमा मनप्र वृत्त दरवारमार्ग बाट प्र.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले शंकास्पद रुपमा हिडी रहेको अबस्थामा निम्न ब्यक्तिहरुलाई फेलापारी शरिर खानतलासी गर्ने क्रममा निम्न व्यक्तीहरु मध्ये जिल्ला रामेछाँप गोकुलगंगा गा.बि.स.वडा नं.६ घरभई हाल का.जि.का.म.न.पा.वडा नं. ३५ सिनामगल जित सिंह सुनुवारको छोरा बर्ष १८ को अर्पण सुनुवारको साथमा अवैध बन्यजन्तु कस्तुरीको  बिना ३ थान प्लाष्टिकको झोला भित्र फेला पारी नियन्त्रणमा लिई मनप्र वृत्त दरवारमार्गमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

निम्न:-
१) जिल्ला काभ्रेपलाञ्चोक भुम्लु गा.बि.स.वडा नं. ४ घरभई हाल का.जि.स्वयम्भु बस्ने कृष्ण नेपालीको छोरा बर्ष २८ को दिपक नेपाली ।

२) जिल्ला रामेछाँप गोकुलगंगा गा.बि.स.वडा नं.६घरभई हाल का.जि.का.म.न.पा.वडा नं. ३५ सिनामगल जित सिंह सुनुवारको छोरा बर्ष १८ को अर्पण सुनुवारको साथमा ।

३) जिल्ला रामेछाँप बेथान गा.बि.स.वडा नं.४ बस्ने ईन्द्र बहादुर पाण्डेको छोरा बर्ष १७ को उज्वल पाण्डे ।

४)  जिल्ला सल्यान कालागाउँ गा.बि.स.वडा नं. ३ घरभई हाल का.जि.चाहबिल बस्ने मेघलाल बस्नेतको छोरा बर्ष २२  को जिबन बस्नेत ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan