Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन्चार गृहमै खैलाबैला ! 'एसएसपी पोखरेललाई फसाउन एसएमएस काण्ड'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २४ बिहिबार |
newsabhiyan
newsabhiyan

छायाचन्द्र भण्डारी,काठमाडौँ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका ११ वर्षीय बालक निसान खडकालाई अपहरण गरी हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जायो ।

अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी महानगरीय प्रहरी अपराध महाशाखाले ग¥यो ।

जुन महाशाखाको नेतृत्व एसएसपी धिरजप्रताप सिंहले गरेकाछन् । सूर्यविनायक नगरपालिका ८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्दा आत्मरक्षाका लागि चलाएको गोली लागेर मृत्यु भएको महाशाखाले विज्ञप्ति निकालेर दावी ग¥यो ।

तर, महाशाखाको त्यो दावी शंकास्पद देखिएको छ । चारै तिर उनको इन्काउन्टरलाई 'फेक इन्काउन्टर' भनिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीले मारिएका अपहरणकारीलाई प्रहरीले ७ गोली हानेको र १९ राउन्ड फायर गरेको बताएका छन् ।

तर, अपहरणकारीले एक फायर पनि गरेका छैनन् । यसले नै ‘इन्काउन्टर’ कसरी भयो ? भन्ने प्रश्न उव्जाएको छ । घटनामा स्वाभाविक नलाग्ने केही तथ्य बाहिर आएका छन् । सार्वजनिक भएको अपहरणकारीको फोटोमा खुट्टामा चप्पल देखिन्छ ।

जंगलको बाटो चप्पल लगाएर दौडिनु त्यति सहज हुँदैन । यस्तो अवस्थामा प्रहरीले उनीहरुलाई समात्न अरू धेरै उपाय लगाउन सक्ने भएपनि किन गोली नै प्रहार ग¥यो भन्ने प्रश्न पनि तेस्रिएको छ ।

प्रहरीका एक पूर्व अधिकारी भन्छन ‘महाशाखाले भनेजस्तै जंगलको बाटो दौडेर भाग्दै गरेका अपहरणकारीले गोली नै प्रहार गरेको भए पनि रुखको बीचमा सही निसान साँध्नु सजिलो होइन ।

महाशाखाले दाबीलाई स्थानीय प्रत्यक्षदर्शीले अस्वीकार गरेका छन् । घटनास्थल क्षेत्रका बासिन्दाले प्रहरीले अपहरणकारीलाई समातेर कुटपिट गरी कहाँ लिएर गयो त्यसपछि थाहा नभएको बताउँछन् । यदि प्रहरीको नियन्त्रणमा भएका व्यक्तिहरुसंग पेस्तोल कसरी हुन्छ र इन्काउन्टर कसरी हुन्छ ?

महाशाखाले अपहरणकारीलाई विशेष सूचनाका आधारमा पछ्याएको दाबी गरेपनि घटना स्थल नजिकै रहेको डेराबाट अपहरणकारी कुन बाटो हुँदै, कसको सहयोगमा त्यहाँसम्म पुगे भन्ने खुलाएको छैन् ।

एसएसपी पोखरेललाई फसाउन एसएमएस काण्ड

घटनामा एसएसपी विश्वराज पोखरेलले पठाएको एसएमएस विषय पनि चर्चित बनेको छ । एसएसपी पोखरेलले एसएमएस पठाउँदा बालक बचाउन नसकिएको महाशाखाका प्रहरीले जनाएर केहि प्रतिष्ठित दैनिकलाई समाचार लेख्न लगाए । समाचार बाहिर पनि आयो ।

तर समाचार र एसएमएस काण्ड फरक भएपछि प्रतिष्ठित दैनिक भनिएका पत्रिकामा कार्यरत पत्रकारहरु तनाबमा परेकाछन् । एसएसपी विश्वराज पोखरेलले बच्चाको उद्धारका लागि गरेको एसएमएस अपहरणकारीको मोवाइल अफ भएकाले अर्को दिन महाशाखाका प्रहरीले मात्र हेर्न पाए ।

त्यही एसएमएसलाई  एसएसपी सिंहले प्रचारमा ल्याए । सुरक्षा सहकर्मीले बच्चाको उद्धारका लागि गरेको त्यो एसएमएस किन बाहिर ल्याए ? गम्भिर प्रश्न उब्जिएको छ । स्रोतका अनुसार पछि डेलिभरि भएको एसएमएसलाई लिएर हंगामा मच्चाउनेहरु सक्रिय छन् ।

एउटा बालक अपहरणमा पर्दा प्रहरी प्रमुखका नाताले बालकको जिउ ज्यान सुरक्षा गर्नका निम्ती पठाइएको सो एसएमएसलाई हंगामाका रुपमा लिन नहुने एक सुरक्षा विदले बताए ।

अपराधमा सक्रिय अपराधिलाई चारैतिरबाट हतियार सहितका प्रहरीले घेरिरहेको अवस्थामा भाञ्जा भाञ्जी या ज्वाँइ चेलालाई झै लोलोपोतो लगाएर सुरक्षा नियन्त्रणमा लिन गाह्रो हुन्छ ती सुरक्षा विद्ले थपे । अपहरणकारीलाई लोलोपोतो लगाउने की वानिङ दिने ? यो प्रश्न एसएसपी सिंहलाई ।

त्यसकारण यो एसएमएसलाई विवादमा ल्याउन राम्रो मानिदैन् उनले भने । किनकी उनले जनपक्षीय काम नै गरिरहेका छन् । र, काठमाडौंका बासिन्दा उनको कामबाट सन्तुष्ट देखिन्छन् ।

प्रहरी टोलीले नै सोमबार अपहरणकारी मारिएपछि मात्रै पोखरेलको अपहरणकारीको साथबाट बरामद गरेको सिमकार्ड मोबाइलमा हाल्दा उक्त सन्देश डेलिभर भएको बताएकाले उनलाई फसाउन त्यस्तो भनिएको बुझ्न गाह्रो छैन् । उनको सन्देशमा ‘बालकलाई तुरुन्त नछाडे जे पनि हुन सक्ने’ आशय थियो ।

अपहरणकारीलाई धम्काएर बालक छुटाउने रणनीतिअन्तर्गत त्यस्तो सन्देश पठाइएको हो । प्रहरीले अपराधीमाथी अनुसन्धान गर्दा विभिन्न प्रक्रिया अपनाउछ । पिडक,पिडकका आफन्त माथी निगरानी राख्छ । मौखिक ,लिखित जवाफ माग्छ । फोन,मोवाईल कल डिटेल लिन्छ । थ्रेट गर्छ । पिछा गर्छ । सर्च गर्छ । कडन गर्छ । पिडक माथी गोप्य अनुसन्धान हुन्छ ।

जधन्य अपराधसँग जोडिएको  एसएमएस संगठन भित्रकै अपुष्ट गोप्य खबर सन्चार माध्यममा छाउन लगाउने सिंहलाई कस्ले अनुमती दियो । गैर ब्यावसाहिकरुपमा आफ्नै सहकर्मीलाई बद्नाम गर्ने धेय राखी पत्रकारलाई समाचार लेख्न लगाउने ।

पत्रकारले पनि यस्ता अपुष्ट खबरलाई ठुला अक्षरमा लेख्ने ? यस्तो खबरले झन सन्सनी फैलाएको छ । पत्रकारहरु नै बिकेको चर्चा चुलिएको छ ।  सिंहको निर्देहनमा समाचर लेख्ने पत्रकारहरु माथी सन्चार गृह अन्नपुर्ण पोष्ट र नयाँ पत्रिकाले आन्तरिक छानबिन थाल्ने भएको छ ।

तर कान्तिपुर राष्ट्रिय दैनिकले भने एसएमएस काण्डका बारेमा निष्पक्ष समाचार पस्किएको थियो । आखिर किन एसएसपी सिंहले एसएसपी पोखरेलको एसएमएस बाहिर ल्याए । यो प्रंहरी हेड क्वाटरका लागि छानबिनको विषय हो । अबको सत्य तत्थ्य गृह मन्त्रालयले जानकारी गराउनै पर्छ ।

बच्चा र परिबारको हित र मुक्तीका लागि न्याय गर्ने उदेृश्यले गरिएको उक्त एसएमएसले पोखरेलको कद कसरी घटाउला ? त्यो उनै सिंहलाई ज्ञान होला सरोकार वालाहरुले भन्न थालेकाछन् ।

ब्यावसाहिक आचारणलाई धोती लगाएर अरुलाई सक्ने कुसित मनसाय पालेका सिंहमाथी गृह मन्त्रालय र हेड क्वाटरले पक्कै छानबिन गर्ला ।

यस्तो थियो एसएमएस
बालक अपरहरण भएको सूचना पाएसँगै महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी गोविन्द काफ्लेलाई घट्नास्थलतर्फ जान आदेश दिए  एसएसपी विश्वराज पोखरेलले ।

निशानको आमा चमेली खड्कालाई फिरौती माग गर्ने नम्बरमा एउटा एसएमएस पठाउदा उनले , ‘बच्चा तुरुन्त छोड, नत्र तेरो दिन सकिन्छ –एसएसपी काठमाडौंँ ।’ यत्ती लेखेका थिए । यस्तो एसएमएसमा एसएसपी सिंह खेल्न मिल्छ ?

प्राप्त नेपाल टेलिकमको कल डिटेल अनुसार काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले राती ९ बजेर ४६ मिनेट २० सेकेन्डमा चेतावनीसहितको म्यासेज पठाएका थिए । फोन अफ भएकाले उक्त म्यासेज डेलिभर नै भएन ।

अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोबाइल नम्बर ९८४३६२०६७०  मा महानगरीय अपराध महाशाखाका सई गजेन्द्र रावलले राती ९ बजे फोन गरेका थिए । रावलले फोन गर्दा सिमकार्ड अफ थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan