Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनताका आवाजलाई दमनको सहारावाट दवाउन सकिन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २४ बिहिबार |
newsabhiyan

काठमाडौं, २४ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले जनताका आवाजहरुलाई दमनको सहारावाट दवाउन सकिन्छ भन्ने दुस्वप्न नदेख्न सरकारलाई चेतावनी दिएका छन ।

उनले नेकपाका प्रवक्ता प्रकाण्डको गिरफ्तारीको बिरोध गर्दै सो कुरा बताएका हुन् । कट्टेलले बुधबार एक विज्ञप्ति जारी गर्दै जनताका आवाजहरुलाई दमनको सहारावाट दवाउन सकिन्छ भन्ने दुस्वप्न नदेख्न ओली र यिनका दलालहरुलाई नेकपा सचेत गराउछ भन्दै आमुल परिवर्तनको निम्ति संयुक्त जन संघर्षलाई अघिडाउन उत्पीडित वर्ग तथा समुदायका जनता लगायत सवै न्यायप्रेमी जन समुदाय लाई अपील समेत गरेका छन ।

यस बिषयमा महासचिव कट्टेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पार्टीका प्रवक्ता क. प्रकाण्ड (खडग बाहादुर विस्वकर्मा) लाई फासिस्ट ओली सरकारले गिरफ्तार गरी अमानवीय यातना साथ राखेको कुरा सार्वजनिक भएको छ । प्रकाण्ड मात्र हैन यो पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरु दलाल सरकारको जेलमा रहेका छन वा अनेकन झुटटा मुद्दा खेपिरहेकाछन ।

ओली सरकारको यस्तो कुकृत्यको नेपाल कम्युनिष्ट पार्टी घोर निन्दा र विरोध गर्दछ र प्रकाण्ड लगायत सबै गिरफ्तार कमरेडहरुलाई विनासर्त तत्काल रिहाई गर्न जोडदार माग गर्दछ ।

साथै विप्लव लगायतका नेता तथा कार्यकर्ताहरुलाई वारेन्ट जारी गर्ने र त्यसपार्टीले गर्ने शान्तिपूर्ण कार्यक्रमहरुमाथि समेत हस्तक्षेप गर्ने कुकार्य समेत रोक्न नेकपा आग्रह गर्दछ । जनताका आवाजहरुलाई दमनको सहारावाट दवाउन सकिन्छ भन्ने दुस्वप्न नदेख्न ओली र यिनका दलालहरुलाई नेकपा सचेत गराउछ र आमुल परिवर्तनको निम्ति संयुक्त जन संघर्षलाई अघि बढाउँन उत्पीडित वर्ग तथा समुदायका जनता लगायत सवै न्यायप्रेमी जन समुदाय लाई अपील गर्दछ ।”


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan