Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'पार्टीको नामको जग्गा पचाउने दाउँमा ओमकार'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २४ बिहिबार |
newsabhiyan
newsabhiyan

ललितपुर, २४ साउन । नेपाली कांग्रेस ललितपुरको पार्टी सभापति भएको बेला ओमकारप्रसाद श्रेष्ठले दाताले पार्टीको कार्यालय निर्माणका लागि दिएको जग्गा आफ्नो नाममा गराएको तथ्य फेला परेको छ ।

२०४७ सालमा धर्मलाल महर्जनको परिवारले कांग्रेस पार्टीका लागि  ललितपुर नखिपोटमा ८ आना जग्गा दान दिएका थिए । त्यो जग्गा त्यतिबेला सभापति रहेका ओमकारले कार्यकर्ताहरुमाझ विश्वास दिलाउँदै पार्टी सभापतिको हैसियतले आफ्नो नाममा बनाए ।

उनले त्यसबेला ‘अहिले मेरो नाममा राखौं पछि पार्टीकै नाममा गरौला’ भन्ने बचनबद्धता कार्यकर्तामाझ जनाएका थिए । त्यो जग्गा पास गर्दा रजिस्ट्रेसन दस्तुर पनि महर्जनले नै तिरेका थिए ।

महर्जनले दान गरेको जग्गा ओमकार प्रसादले लामो समयसम्म पनि पार्टीको नाममा नल्याएपछि वर्तमान पार्टी सभापति मदनबहादुर अमात्यले पार्टीको नाममा ल्याउन पटक-पटक आग्रह गरे ।

तर, ओमकारले टेरपुच्छर नलगाएपछि नेपाली कांग्रेस ललितपुरको तर्फबाट ललितपुर जिल्ला अदालतमा सो जग्गा पार्टीको नाममा ल्याउन ओमकारविरुद्ध मुद्दा दर्ता गरियो । तर, पनि उनले अहिलेसम्म जग्गा फिर्ता गरेका छैनन् ।

ओमकारले जग्गा पार्टीको नाममा ल्याउन अदालत पुगेको मुद्दाको प्रतिउत्तरमा आफ्नै जग्गा भएको दावी गरेका छन् । यसले उनी पार्टीको नाममा आएको जग्गा पनि आफुले नै हडप्ने दाउमा रहेको बुझिएको छ ।

यतिमात्र होइन ओमकारले धर्मबहादुर शाक्यले छोराको नाममा रहेको ग्वार्कास्थित एक रोपनी जग्गा त्यति नै बेला आफ्नो नाममा ल्याई कार्यकर्ताहरुलाई पत्तै नदिई लाखौं रुपैयाँमा बेचेको चर्चा कांग्रेसभित्र व्यापक छ । अहिले कांग्रेसवृत्तमा सो जग्गा पनि ओमकारले दिनुपर्ने दवाव बढ्दै गइरहेको छ ।

स्मरणीय छ, धर्मराज महर्जनले पार्टीकै लागि दान दिएको नखिपोटको जग्गा पनि ओमकारले करोडौंमा बेचबिखन गर्न खोजेको तर पार्टी कार्यालय नै निर्माण भइसकेको कारण विरोध आउने डरले बेचबिखन गर्न नसकेको स्थानीयहरु बताउँछन् ।

पार्टीको लागि दान दिएको जग्गा बेचबिखन गरेर करोडौं रुपैयाँ कुम्ल्याउने र पार्टी कार्यालय निर्माण भइसकेको जग्गा पनि व्यक्तिकै नाममा राख्ने ओमकारप्रसाद श्रेष्ठलाई जितेन्द्रकुमार मलेकु श्रेष्ठ, भरतलाल न्याह्छयों, माधव खड्का, ज्योती थापाले साथ दिइरहेका छन् ।

अन्तरघाती कांग्रेसीका रुपमा परिचित जितेन्द्रकुमार मलेकु श्रेष्ठ, भरतलाल न्याह्छयों, माधव खड्का, ज्योती थापाले पार्टीका उम्मेदवारहरुलाई अन्तरघात गरी विपक्षी पार्टीका नेताहरुसँग मोटो रकम लिएको आरोप छ ।

पटक-पटक पार्टीका नेताहरुलाई अन्तरघात गर्ने जितेन्द्र कुमार मलेकु श्रेष्ठलाई पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको भनी कांग्रेस ललितपुरले कारबाही गरेको छ ।

मलेकुले गएको स्थानीय निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार चिरिबाबु महर्जनलाई हराउन विपक्षी पार्टीका नेताहरुसँग मोटो रकम लिई असहयोग गरेको र संविधान सभा र प्रदेश सभाको निर्वाचनमा पनि विपक्षी पार्टीका उम्मेदवारहरुसँग करोडौं रुपैंया लिई आफ्नो पार्टीका उम्मेदवार मदनबहादुर अमात्यलाई झिनो मतान्तरले हराउन सफल बनेका थिए । अभियान टाइम्सका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan