Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हतियार देखाएर रु २५ लाख ६० हजार नगद लुटियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २४ बिहिबार | रासस
newsabhiyan

लहान, २४ साउन : सिरहाको मिर्चैया नगरपालिका¬–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले आज हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् ।

मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिनुभयो ।

बैंकबाट रकम झिकेर सञ्चालक साह एक्लै मोटरसाइकलबाट आफ्नो मनि ट्रान्सफरतर्फ जाँदै गरेको अवस्था सो घटना भएको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो ।

लुटेराहरुको खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan