Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल श्रावण २५ गते शुक्रवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २५ गते  शुक्रवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १० तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको चतुर्दशी, १८ः१५ बजेपछि औंशी । 

योगः सिद्धि, १६ः४२ बजेपछि व्यतिपात ।

नक्षत्रः  तिष्य ।

करणः भद्रा ०७ः२९ बजे उपरान्त शकुनि ।

चन्द्रमाः  कर्कट राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३२ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४५ बजे ।

राहुकालः १०ः२९ बजेपछि १२ः०८ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन मनग्य अनुकूल देखिँदैन बरु केही प्रतिकूल महसूस हुनसक्ने छ ।  मनमा संकोचित विचारले प्रसय पाउने र छरछिमेक–साथीभाई कसैसँग मनमुटाव हुनसक्ने सम्भावना छ, सावधानी आवश्यकता पर्नेछ । मिथ्या आरोप एवम् आलोचना आदिको अपयश खेप्नपर्न सक्नेछ भने कामकार्यमा पनि केही अड्चनको सामना गर्नुपर्ने हुनसक्ने छ । सकारात्मक ढङ्गबाट प्रतिकार गर्ने मानसिक क्षमता बढाउनु होला । सत्नियतबाट संघर्षको सामना गर्ने तथा दृढ रहनाले अल्मल्याहट् र अबरोध बाबजुतपनि केही सफलता एवम् व्यवसायबाट लाभ हातपार्न सकिने छ । आमाको आर्शिवाद लिनु आज तपाईको लागि विशेष हितप्रद हुनेछ ।

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आज अनुकूल नै मान्न सकिन्छ तथापि मुख्य काममा ग्रहको केही अबरोध भने आनउसक्ने देखिएको छ । सामान्य कामकार्य भने ठिकै रुपमा चल्ने छन् । शारीरिक उर्जामा बृद्धि हुने तथा स्वास्थ्यमा सुधार आउनेछ । रोकिएर रहेका कामहरु अघि बढ्ने छन् भने नयाँ कामको विषयमा पनि विचार विमर्श हुनसक्ने छ । खेलाडीहरुको लागि पनि समय उपयुक्त देखिएको छ भने अन्य प्रतिस्पर्धी काममा पनि अग्रता हासिल गर्न सकिनेछ । स्वजनहरुबाट पनि साथ एवम् सहयोग पाउन सकिनेछ । आज तपाईको लागि भैरवदेवको उपाशना फापकर हुनेछ ।

 

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आज सामान्य अनुकूल देखिएको छ । केही दोषको बाबजुत वाणीमा ओजस्वीता बढ्न सक्छ, बोलीवचनले मान्छेहरुलाई प्रभावित गर्नसकिने छ । व्यवसायिक कार्यमा पनि थोरधेर प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहनसक्ने कुरालाई पनि नकार्न सकिन्न । अपेक्षित र बढी चाहना गरिएको उपलब्धि हुनभने केही कठिनाइ हुनेछ । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ । आज तपाईको लागि माँ भुवनेश्वरीको स्तुति आराधना शुभप्रद हुनेछ । 

 

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर ग्रहमा केही अबरोध देखिएको छ, त्यसको बाबजुतपनि शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अबरोध निवृतिको लागि गुरुजनको आर्शिवाद लिनु तथा आज्ञा पालना गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । कुमारी देवीको उपाशना गर्नु तपाईको लागि आज फापकर हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन संघर्षकर प्रतित हुनेछ । हतारिदा अपव्यय–नोक्सानी नै बढ्ने भएकाले व्यवहारिक कामकार्यमा धैर्यधारण र संयम एवं साबधानी अप्नाउनु बुद्धिमानी हुनेछ । आकस्मिकरुपमा खर्च बढ्ने, काममा दिग्दारी हुनसक्ने, शत्रुहरुले कमजोरी खोज्ने, हतार गर्दा झन खति बढ्नसक्ने छ, संयमित रहनाले र आफ्नो कार्यक्षेत्रमा रत् रहनाले आकस्मिक लाभ हुनसक्ने छ । चुनौति बढ्नसक्ने सम्भावना रहेपनि आत्मबल नगिराई दृढ रहनाले खासै नसोँचिएको काम बनेर उपलब्धि एवं सफलता मिल्नेछ । आज तपाईको लागि तीन अङ्क, पहेंलो रङ्गको प्रयोग शुभप्रद हुनेछ भने माँ इन्द्रायणीको ध्यान गरी सूर्यतत्त्व बढाउनु हुने देखिन्छ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन पेशा तथा व्यवसायको प्रचारप्रसार बढ्ने र यथोचित आम्दानी हुनेछ ।  आफन्तहरुसँग भेटघाट हुन पाइनेतथा आतिथिहरुको आगमन हुने सम्भावना छ । पारिवारिक सुख एवं आमोदप्रद दिन रहनेछ ।व्यक्तिगत तथा व्यवसायिक उन्नतिको ग्रहयोग परेकोले व्यापारीकाले लागि बढी अनुकूल रहने छ । उठति हुनपर्ने आर्थिक सङ्कलन हुनेछ । प्रतिष्ठा तथा  पुरुषार्थ बढ्न जानेछ, रोकिएर रहेका केही काम फत्ते गर्ने मौका मिल्नेछ । विद्यार्थीहरुको लागि विद्यामा प्रगति हुनेछ । इष्टमित्रबाट सहयोग मिल्ने पनि सम्भावना छ । औपचारिक कार्यमा संलग्न हुनपाइने र प्रशंसा प्राप्त हुने तथा ख्याति र प्रताप बढ्ने छ ।

 

 

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन पूर्ण सफलता मिल्न अल्लि कठिन पर्ने भएपनि बाहिरी तथा देखावटी रुपमा मानसान बढ्ने र केही लाभ एवम् सफलता पनि मिल्ने छ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहज वातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । आज तपाईको लागि एक अंक, रातो रंगको प्रयोग र भैरवदेवको स्तुति शुभफलप्रद हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन समयले मोडलिएको छ । उन्नति प्रगति हुनेछ । सहयोगीहरू थपिने छन् । ठूलाबडासँगको भेटघाटले हौंसला बढ्ने तथा महत्त्वकांक्षी भइनेछ । पेशा तथा व्यवसायको विकास हुनगई लाभांश हात पर्नेछ । धर्म–अध्यात्म विषयमा आइरहेको द्वन्दबाट पारपाउन सकिने छ, सत्सङ्गको मनस्थिति बन्नेछ । दाम्पत्यजीवन तथा प्रेमप्रसङ्गमा मधुरता आउनेछ । स्वजनहरुसँग भेटघाट हुनसक्ने छ । जनव्यवहारमा उदारता तथा सहानुभूतिजन्य विचार बढ्ने । आज तपाईलाई नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र माँ सन्तोषीको दर्शनभक्ति तथा उपाशना शुभकर हुनेछ ।

 

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनु होला । संघर्षको बाबजुत अनपेक्षित उपलब्धि भने हातपर्ने देखिन्छ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि उपयुक्त रहनेछ । इष्टदेवको भक्ति बढाउनु होला ।

 

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन दिनभरी विभिन्न सांसारिक एवं रोमान्सको वातावरण आदिले एकखालको रजगुणको दिनचर्या व्यतित हुनेछ । जीवनसाथी वा प्रेमीको सहयोग मिल्ने र व्यवसायिक तथा पेशागत कार्यको उन्नति हुनेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । ससुराली आदिबाट मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । विशेष स्थानको यात्रा हुनसक्ने पनि गोचरयोगले लक्षित गरिरहेको छ । सात अंक, सेतो रंगको उपयोग एवं कुमारी कन्यालाई सेतो वस्तु दान दिनु हितप्रद हुनेछ ।

 

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर आशा देखाउने पूर्ण उपलब्धि दिन अड्कल्ने खालको छ । यद्यपि महत्त्वपूर्ण गन्तव्यचुम्न संघर्ष देखिएको छ, तथापि पराक्रम बढ्ने दिन रहेको छ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज यहाँलाई छ अंक, हरियो रङ्गको उपयोग गर्नु बुद्धिमानी हुनेछ । भैरवदेवको स्तुति उपाशना गर्नाले अपेक्षित उपलब्धि प्राप्त गर्न मद्दत मिल्नेछ ।

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले पे्रमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

 

 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan