Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बंगलादेशका उर्जा राज्यमन्त्रीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ साउन । बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधनमन्त्री नर्सुल हमिद सहितको टोलिले काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनु भएको थियो ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै राम्रो परियोजना निर्माण भएको कुरा व्यक्त गर्नुभयो ।

भ्रमणका क्रममा  हमिदले कम्पनीका अध्यक्षचन्द्र प्रसाद ढकाललाई परियोजनाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan