Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारी ढुकुटीमा भीआइपी रोगीको मस्ती

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ साउन । जुन—जुन दल र पदमा आवद्ध भएका भएपनि राज्यका ठूला निकायमा पगिसकेका र उल्लेख्य तलबभत्ता लिने नेताहरुले देशलाई रोगका नाममा रित्तो बनाइ रहेका छन् ।

कांग्रेसी नेतादेखि सम्पत्ति विवरण नदेखाउने कम्युनिस्ट नेतासम्मले राज्यको रकम उपचारका नाममा लगिरहेको सरकारी तथ्याङ्कले देखाउँछ ।

सरकारलाई वैधानिक निर्णय गराउन बाध्य पारेर उपचार खर्चका नाममा करोड बढि निकासा नेताहरुले गराएका छन् ।

मिर्गौलाका रोगी प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा १ करोड २६ लाख ३५ हजार १ सय ३७ रुपियाँ निकासा भएको छ ।

पूर्व प्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्व. सशील कोइरालाका नाममा उपचारवापतको १ करोड ६२ लाख निकासा भएको थियो ।

पूर्वराष्ट्रपति डा।रामवरण यादवका नाममा १ करोड ४० लाख, पूर्व प्रधानन्यायाधीश रामकुमार साहका नाममा ८० लाख, कोमामा रहेका कांग्रेस नेता चक्र बास्तोलाका नाममा ५० लाख, नकपा नेता नारायणकाजी श्रेष्ठका नाममा ३८ लाख, मन्त्रिपरिषद्का पूर्वउपाध्यक्ष तुलसी गिरीका नाममा २५ लाख, कांग्रेस नेता गोविन्दराज जोशीका नाममा २० लाख निकास भएको देखिएको छ ।

त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री स्व.साहना प्रधानका नाममा १३ लाख, कांग्रेस नेतृ सुजाता कोइरालाका नाममा ५० लाख निकासा भएको देखिन्छ । यी मध्ये केही बाहेक सबै धनाड्य र अतुलनीय सम्पत्ति आर्जन गरेकामा पर्छन् ।

सरकारको कार्यविधिमा बढीमा १५ लाख दिने उल्लेख भए पनि करोडौं रकम निकासा गरी ढुकुटीलाई घाइते बनाउने काम भीआईपीबाट भइरहेको छ ।

तत्कालिन प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको सरकारका स्वास्थ्यमन्त्री गगन थापाले यसरी जाने रकम रोक्नका लागि कार्यविधि बनाएर पनि कार्यान्वयन हुन सकेको छैन । अभियान टाईम्सका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan