Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार | (रासस)
newsabhiyan
newsabhiyan

काठमाडौँ, २५ साउन । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् ।

हातहतियार, लागू औषध ओसारपसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रुपमा गस्ती गर्न र जनमैत्री व्यवहारका निम्ति सुरक्षा कर्मचारीलाई तालीमको व्यवस्था गर्न पनि दुवै देश सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उच्च नेतृत्व र कार्यक्षेत्रमा खटिएका अधिकारीबीच नियमित छलफल तथा अनुगमन गर्न पनि दुवै देशका सुरक्षा बल सहमत भएका छन् । चौथो परामर्श बैठक अर्को वर्ष नेपालमा हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan