Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समाजसेवाका लागि जोजोलोप्पा फेशन रनवे २०१८ हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ साउन । क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ । फेशन शोबाट उठेको  रकम बालबालिको सहयोगमा खर्च हुनेछ ।

यो फेशन शोमा  चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने छन् । भने एक दर्जन भन्दा बढि चर्चित मोडलहरु ¥याम्पमा उत्रेन छन् । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु ¥याम्प शोमा उत्रेन छन् । यस शोमा नेपालका चर्चित कलाकारहरुको सांगितिक प्रस्तुति पनि रहेन छ ।

फेशन शो गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न हुने छ । शो ललितपुरको इन्द्रणी ब्याक्वेटमा हुने  छ ।  भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन ।

सामाजिक काममा सहयोग गर्न पाउँदा सबै पीडा भुल्ने रशलाईट मिडियाकी अध्यक्ष तथा क्यान एजुकेशनकी कार्यक्रम संयोजक भण्डारी बताउँछिन् ।  शो सफल बनाउनका लागि कुनै पनि कसुर बाँकी नराख्ने जोजोलोप्पा कलेक्सनका सञ्चालक सुमन मर्हजन प्रतिबद्धता जनाए ।

उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए ।

नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरको फाण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan