Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार र विप्लव समूह आम्नेसाम्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ साउन । दुई तिहाई बहुमत सहि तबनेको नेकपाको सरकारलाई विप्लव नेतृत्वको अर्को नेकपाले चुनौती दिन सक्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले निष्कर्ष निकाल्न थालेको बुझिएको छ ।

सोही निष्कर्ष साथ उनले विप्लव नेतृत्वको नेकपालाई निगरानीमा राख्दै कडाई गर्दै लगेका छन् । यसै सिलसिलामा मंगलबार काठमाडौंको दक्षिणकालीबाट नेकपा विप्लवका प्रवक्ता खड्क बहादुर विकसहित तीन जनालाई पक्राउ गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले भने सरकारको उक्त कदमको कडा शब्दमा विरोध गर्दै नपाल बन्दसम्मका कार्यक्रमको घोषणा गरेको छ । 

दुई वटा ठूला कम्युनिष्ट नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता भएपछि दुवैपार्टी भित्र केही नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । उनीहरु खड्ग ओली नेतृत्वको नेकपामा जाने संभावना बढीरहेको छ । असन्तुष्टहरुलाई आफूतर्फ आकर्षित गर्न विप्लव नेतृत्वको नेकपाले पनि विशेष कार्यक्रमहरु लिएर सक्रिय भइरहेको छ ।

खासगरी उसले भ्रष्टाचारीलाई कारबाही गर्ने भन्दै झोलामा चन्दा प्याड अनि जुत्तामा लगाउने पालिस र ब्रुस बोकेर हिड्ने गरेका छन् । यदि कुरो मिलेन भने सिधै कालोमोसो लगाउने गरेको बुझिएको छ ।

विप्लव समूहले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई विकास निर्माणमा भ्रष्टाचार गरेको भन्दै धम्की दिन थालेपछि उनीहरुले आफ्नो नेतृत्व समक्ष गुनासो गर्ने गरेको बुझिएको छ ।

यसैगरी व्यवसायिक एवं कर्मचारीहरुले पनि विप्लव समूहलाई नियमित जस्तो सहयोग गर्ने गरेको बुझिएको छ । एकातर्फ विप्लव समूहका गतिविधि बढ्दो अर्कोतर्फ सरकार दिनप्रतिदिन अलोकप्रिय बन्दै गएपछि ओली नेतृत्वको नेकपा आत्तिएको छ ।

उनीहरुबाट ठूलो संख्यामा नेता कार्यकर्ता विप्लवतिर जान सक्ने उनीहरुलाई डर छ । त्यसैले अहिले नेकपाका नेताहरु खड्ग ओली, प्रचण्ड र बादल विप्लव नेतृत्वको नेकपालाई जति सक्दो छिटो दमन गरेर तह लगाउनु पर्ने योजनामा रहेको बुझिएको छ ।

यही योजना अन्तर्गत पछिल्लो समय उनीहरुले नेकपा विप्लव समूहका नेता कार्यकर्ताको निगरानी बढाउँदै लगेको बुझिएको छ । यही क्रममा उनीहरुले खड्ग बहादुर विक सहितका नेता कार्यकर्तालाई पक्राउ गरेको बुझिएको छ ।

उनीहरुले विक मात्रै होइन अन्य नेता कार्यर्ताको पनि निगरानी बढाएको र कुनै पनि बेला उनीहरुलाई पक्राउ गर्न सक्ने बुझिएको छ ।

विशेष गरी विप्लव नेतृत्वको गतिविधि भन्दा पनि सरकारको विप्लवको पार्टीको शक्ति बढ्यो भने नेकपालाई सिधैं असर पर्छ भने निष्कर्षका साथ जसरी हुन्छ उसलाई कमजोर बनाउने नीतिमा अगाडि बढेको बुझिएको छ ।

विप्लव नेतृत्वको नेकपाले भने अहिले विशेष गतिविधि गरेर अरुलाई त्यसमा पनि नेकपा भित्रका क्रान्तिकारी सोच राख्नेहरुलाई आफूतर्फ आकर्षित गर्ने योजनामा छ । सोही अनुसार केही ठाउँमा युवाहरुलाई शारीरिक तालिम दिने गरेको समेत बुझिएको छ ।

संभवतः फलामले फलाम काट्छ भने झैं सत्तारुढ नेकपालाई कमजोर बनाउन भूमिगत नेकपालाई देशभित्र र बाहिरका शक्तिले अगाडि बढाउन समेत सहयोग गर्ने अनुमान गरिदैछ, नेपालीपत्रमा उल्लेख छ ।

विगतमा पनि २०५१ म नेकपा एमालेको सरकार बनेपछि २०५२ मा नेकपा माओवादी जनयुद्धमा गएको थियो । अब पनि त्यस्तै अभ्यासहरु प्रयोग गर्न खोजियो भने त्यो आश्चर्य हुने छैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan