Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश नं ५ : नेकपा संसदीय दलको बैठक सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan

बुटवल, २५ साउन : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाँचाँै बैठक आज बुटवलमा सम्पन्न भएको छ ।

प्रदेशसभाको बजेट अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले दलको उपनेतामा पार्टीका नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई चयन गरेको दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

बैठकले १५ सदस्यीय संसदीय दल बोर्डसमेत गठन गरेको छ । बोर्डको सचिवमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै सदस्यमा गीता थापा, सरस्वती गौतम, कमला भण्डारी, कमला विक, इन्द्रजित चौधरी, वसन्त घर्तीमगर, विष्णु पन्थी, आइ.पी खरेल, रामजी घिमिरे, कुलप्रसाद पोखरेल र धर्मबहादुर लाल श्रीवास्तव रहनुभएको प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो ।

बैठकले संसद् स्थगन भएको अवस्थामा संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालय मन्त्रालयका कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यले विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan