Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भेट्रान कपलाई एसिया इन्टरटेन्मेन्टको साथ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan

काठमाडौं,२५ साउन ।  चावहिल स्पोर्ट्स क्लबको आयोजनामा हुने खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितालाई एसियन इन्टरटेन्मेन्ट एन्ड जुना फिल्मस्ले मुख्य प्रायोजन गर्ने भएको छ ।

मुख्य प्रायोजन गरे वापत एसियाले आयोजकलाई १ लाख नगद उपलब्ध गराउने एसियाका प्रोप्राइटर दिनेश शाहीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

साउन २८ गतेदेखि चावहिलको गणेशथानमा हुने प्रतियोगितामा मोफसलका ५ सहित १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिए ।

 विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई एसियाकै ब्यानरमा बनेको जय शम्भु फिल्मको ४ वटा टिकट प्रदान गरिने छ । उक्त फिल्म भदौ १ गतेदेखि प्रदर्शनमा आउने निर्माता दिनेश शाहीले बताए ।

 भेट्रान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले टिम दर्ता शुल्क निःशुल्क गरिएको आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले बताए । नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल भदौ २ गते हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan