Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागूऔषध गाँजा बिक्री गर्ने लामा पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan

काठमाडौं,२५ साउन । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ गरेको छ।

ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाले  आफ्नो सेवाग्राही बानेश्वर क्षेत्रका विभिन्न होस्टलहरुमा बस्ने विद्यार्थीदेखि कलेजमा पढ्नेसम्म भएको अनुसन्धानमा खटिएका प्रहरीले  बताएका छन् ।  ।

 पशुपतीबाट ५ सय रुपैयाँमा किनेर ल्याएको गाँजालाई साना पोकामा प्याक गरेपछि ४ हजार रुपैयाँमा विक्री गर्न तयार हुन्छ । एक पटक ल्याउँदा ३५ सय नाफा हुने भएकाले यो धन्दामा लागेको लामाले सुनाए ।

प्रहरी स्रोतका अनुसार काठमाडौंमा भित्रिने लागूऔषध सुन्दरीजल र साँखु क्षेत्रबाट आउँछ । हाल पक्राउ परेका लामामाथि प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan