Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल श्रावण २६ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २६ शनिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २६ गते  शनिवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको ११ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण कृष्णपक्षको औंशी, १५ः४७ बजेपछि श्रावण शुक्लपक्षको प्रतिपदा  । 

योगः व्यतिपात, १३ः३८ बजेपछि वरियान ।

नक्षत्रः  अश्लेषा ।

करणः नाग १५ः४७ बजे उपरान्त किंस्तुघ्न ।

चन्द्रमाः  कर्कट राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३२ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४४ बजे ।

राहुकालः ०८ः५० बजेपछि १०ः२९ बजेसम्म ।

यात्राः  अत्यावश्यकमा राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम र उत्तर दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने रहेको छ । अनायासै कसैसँग विवाद वा मनोमालिन्य हुनसक्ने सम्भावना देखिन्छ । साथीभाई तथा सहकर्मीसँग पनि कटुता हुनसक्ने भएकोले होसिरयारी अप्नाउनु बुद्धिमानी हुनेछ । व्यवसायिक कार्य तथा पारिवारिक मुद्धामा पनि संयमित भएर कार्य सम्पादन गर्नु मनासिब हुनेछ । दैनिक कार्यआदिमा साविकको भन्दा अल्लि बढी मेहनतले आंशिक उपलब्धि निकाल्न सकिनेछ । मानसिक संकिर्णतालाई हटाउन सकारात्मक सोँचविचारको अभ्यास गर्नु उपयुक्त हुनेछ । आज यहाँलाई नगरी नहुने महत्त्वपूर्ण काम गर्नुपर्दा आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद वा सल्लाह लिएर गर्नु शुभप्रद हुनेछ ।

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको प्रयोगको साथमा विशेष काममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग पुर्याउनु र भैरवदेवको स्तुति उपाशना गर्नु हितकर हुनेछ । 

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग एवं हनुमानदेवको भक्ति फापकर हुनेछ ।

 

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल रहेको छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि गुरुजनबाट आर्शिवाद लिनु बुद्धिमानी हुनेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग र माँ भगवतीको दर्शनभक्ति शुभप्रद रहनेछ ।

 

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्गको प्रयोग एवं भगवान हनुमानजीको श्रद्धाभक्ति एवं स्तुति तपाईको लागि आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ ।

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन तपाईको पक्षमा रहेको छ । उद्यम व्यवसायमा एवं पेशाको क्षेत्रमा सफलता मिल्ने र आयआम्दानी बढ्ने छ । कसैकसैलाई मेहनत विनाको आम्दानीको चेष्टा नहोला भन्न सकिन्न । दिनलाई सदुपयोग गर्दै स्वकर्ममा लागिरहनाले राम्रो आर्थिक एवं भौतिक लाभ हातपार्न सकिनेछ । रोकिएका काम पनि अघि बढ्ने छन् । आफन्तीहरुसँग भेट्घाट हुन र औपचारिकता निर्वाह गर्न पर्नेछ । स्वजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने अढैया शनिशान्तिको लागि शनिमहाकाल एवं माँ जगद्कालीका श्रद्धाभक्तिले थप अनुकूलता प्राप्त हुनेछ ।

 

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ तर आफ्नै व्यवहारमा कमिकमजोरी रहनाले तथा आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । विशेष गरी कामकार्यमा विपरितलिङ्गीबाट असहयोग हुनसक्नेछ । तथापि राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट केही लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्गको उपयोग गर्नु र भगवान भैरवदेवको दर्शनभक्ति एवं उपाशना गर्नु शुभप्रद रहने छ । 

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्य सम्पादन हुने ग्रहगोचर परेको छ । केही दबाब वा दोषको सामना गर्न चाहीँ नपर्ला भन्न सकिन्न । तथापि सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले सफाई एवम् सफलता मिल्ने देखिन्छ । यात्रायोजना एवम् नयाँ कार्यको चिन्तन तथा थालनीलाई गोचरले साथ दिइरहेको छ । पेशागत लाभ पनि हुने योग परेको हुनाले व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । नौ अंक पहेलो रंगको प्रयोगको साथमा साढेसाती शनिशान्तिको लागि भगवान शनिदेवको स्तुति आराधना गर्न तपाईको लागि हितप्रद हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आठ अङ्क, रातो रङ्गको प्रयोग र साढेसाती शनिको दुस्प्रभावलाई कम गर्न शनिदेवको स्तुति उपाशना गर्नु तपाईको लागि हितप्रद हुनेछ ।

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन रमाइलो भएरै बित्नेछ । व्यवसायिक कामकार्य ठिकै रुपमा सुचारु हुनेछन् । व्यवहारिकता तथा औपचारिकता निभाउनु पर्ने वातावरण पनि बन्ने छ । दाम्पत्य एवं प्रेम जीवनमा समझदारी कायम गर्न सकिने छ । प्रेमाभिलाषीहरुको लागि पनि कुरो मिलन बिन्दुमा ल्याउन सकिनेछ । दैनिकी कामबाट लाभ र सन्तोषको प्राप्ति हुनेछ । आज तपाईको लागि सात अङ्क, सेतो रङ्गको प्रयोगको साथमा शनिदेवको जपस्तुति आराधना गर्नु फापकर हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने रहेको छ । तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज यहाँलाई छ अंक, हरियो रङ्गको प्रयोग र भगवान भैरवदेवको उपाशना फापकर हुनेछ ।

 

मीन राशिः

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यम रहेको देखिन्छ । आत्मरतीको चाहनामा बृद्धि हुने र बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले परमुणबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययन तथा सिक्ने सिकाउने विषयको पक्षमा भने उन्नति हुनेछ । दैनिक व्यवहार सामान्य नै चल्नेछ । पाँच अंक, रातो रङ्गको प्रयोगआज यहाँको लागि शुभ हुनेछ भने महाँकालेश्वर शिवको श्रद्धाभक्ति गर्नु थप हितकर हुनेछ ।

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan