Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल श्रावण २७ गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २७ आइतबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २७ गते  आइतवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १२ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको प्रतिपदा, १३ः२५ बजेपछि द्वितीया   । 

योगः वरियान, १०ः३९ बजेपछि परिध ।

नक्षत्रः  मघा ।

करणः बव १३ः२५ बजे उपरान्त कौलव ।

चन्द्रमाः  सिंह राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३३ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४३ बजे ।

राहुकालः १७ः०४ बजेपछि १८ः४२ बजेसम्म ।

यात्राः  अत्यावश्यकमा राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी ईशान दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन अनुकूलै छ तथापि आफ्नै मनोआशक्तिको कारणले हुनपर्ने जति फाइदा लिन अल्लि गाह्रो देखिन्छ । आत्मप्रशंसाको चाहना तथा प्रमातको भावनाले तपाईँको कमजोरीको वास्तविकता उदाङ्गिन सक्नेछ । सैद्धान्तिक कट्टरताको पक्ष बलियो रहेपनि विद्वदताको फुर्ति र निरर्थक प्रयासमात्र हुनसक्ने सम्भावना छ । घमण्डले मानसिक पछुतो पर्नसक्ने छ, ख्याल पुर्याउनु होला । आज तपाईँलाई पाँच अङ्क, रातो रङ्गको उपयोग र भगवान भैरवदेवको स्तुति फापकर हुनेछ । 

 

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । पारिवारिक एवम् कार्यक्षेत्र आदिमा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, बरु उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ । नचिताएको पक्षबाट भने आर्थिकको साथै अन्य उपलब्धि हुनसक्ने छ । आज यहाँलाई चार अङ्क, सेतो तथा रातो रङ्गको प्रयोग र सूर्यनारायणको स्तुति आराधना गनु शुभकर हुनेछ ।

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आ“ट जोश जा“गर र पराक्रम बढाउने ग्रह परेको छ । नविन कार्ययोजना बन्नाले महत्त्वाकांक्षा पनि बढ्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । स्फुर्तिकर ग्रहयोग परेकोले पौरख प्रदर्शन गर्नसकिने र प्रशंसा पनि मिल्ने छ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायिक उन्नति हुनेछ भने अड्केर रहेको काम बन्नेछ । पेशा एवम् व्यापार व्यवसायबाट राम्रै लाभ गर्न सकिने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने तथा कामकार्यमा साथ मिल्नेछ । प्रतिस्पर्धामा सफल, व्यवसायिक लाभ, रोकिएको काम बन्ने, विजय एवम् प्रशंसा–पुरस्कार र व्यवसायिक लाभ मिल्नेछ ।

 

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहनसक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने भगवान सूर्यनारायणको स्तुति उपाशनाले सम्भावित दोषलाई कम गर्न मद्दत हुनेछ ।  

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन अनुकूल हुँदाहुँदै पनि गोचर केही अबरोधक देखिएको छ, त्यसको बाबजुतपनि शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अबरोध निवृतिको लागि हनुमानको भक्ति गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । भगवान रामको भक्ति आराधना आज तपाईको लागि कल्याणप्रद हुनेछ ।

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने र खर्च बढ्नसक्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत अन्त्यमा परिणाम केही आफ्नो पक्षमा ल्याउनसकिएला र अल्प सुखहोला । मान्यजनप्रतिको व्यवहारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदिको लागि याात्रा गर्नु, उपयुक्त स्थानमा दानदातव्य आदि गरी सहयोग गर्नु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने कसैको परोपकार गर्नाले पनि अनिष्टकर ग्रहदोषमा राहत मिल्नेछ ।

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग फापकर हुनेछ भने कुनै कन्यालाई सेतो वस्तु दानदिनु विशेष शुभप्रद हुनेछ भने भगवान शिवजीको सेवा आराधना गर्नु हितकर हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल गोचरको प्रभावले केही महत्त्वकांक्षा बढ्नसक्ने छ । तथापि दिनलाई अनुकूल नै मान्न सकिन्छ । हैसियत अुनसारको काममा सफलता मिल्नेछ भने व्यापार व्यवसायबाट आर्थिक लाभ गर्न सकिनेछ । केही महत्त्वपूर्ण काम सिद्धि हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रहको फल भोगिरहेका तथा संघर्ष–अप्ठ्यारोको सामना गरिरहेकाहरुलाई क्षणिक रुपमा भएपनि समस्या टर्नेछ । राजनीति–समाजसेवामा हैसियत अनुसारको पदप्रतिष्ठा प्राप्त हुनसक्ने छ । सामान्यतया सांसारिक मानमर्यादा कायम हुने र प्रख्याति बढ्ने छ । उद्योगधन्दामा देखिएको अड्चन पनि हट्ने छ । आज यहाँले एक अङ्क, रातोरङ्गको प्रयोग र मान्यजनको दर्शनभेट गर्नु फापकर हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन पाएको आश्वासन काम नलाग्न वा पूरा हुन कठिन छ । महत्त्वपूर्ण उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तनमनन् भने सृजना हुनसक्ने छ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कामकार्य आदिबाट लाभ हातपार्न सकिने छ । उच्चवर्गसँग संपर्क स्थापित हुनजाँदा केही महत्त्वाकांक्षा पनि बढ्नसक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ ।  विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोगको साथमा भगवान भैरवदेवको दर्शनभक्ति गर्नु फापसिद्ध हुनेछ ।

 

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन स्वास्थ्यमा प्रतिकूलता आउन सक्ने र काममा पनि अल्लि दिग्दारी हुने सम्भावना देखिएको छ ।  आज दीर्घरोगीले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी हुनेछ । कामको शुरुमा ढिलाई हुनाले मानसिक अशान्ति बढ्नसक्ने गोचर परेको छ । धैर्यपूर्वक स्वकर्ममा लगनशीलतालाई कायम राख्नु बुद्धिमानी हुनेछ । सामान्यतया साविकको भन्दा अल्लि बढी खर्चको भार बढेर जाने देखिएको छ । हतार र उन्माद गर्दा खतिक्षति बढ्नसक्ने भएकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ । इष्टदेवको भक्ति बढाउनु बुद्धिमानी हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन प्राप्त अवसरलाई सदुपयोग गरी अघि बढेमा अनुकूल रहेको छ । दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा प्रगाढता छाउने छ । व्यवहारिक कुशलताको विकास हुनेछ भने व्यवसायबाट पनि उपयुक्त एवं उन्नति मिल्नेछ । देशप्रदेशको भ्रमणको अभिलाषीहरुलाई पनि दिन सकारात्मक रहेको छ । नातासम्बन्ध एवं आफन्तजनबाट अपेक्षित सहयोग प्राप्त हुने र सन्तुष्टि मिल्ने छ । आज तपाईले अर्धनारेश्वर भगवानको दर्शनभक्ति गर्नु सुखप्रद हुनेछ ।

 

मीन राशिः

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल गोचर पेरको छ । स्वास्थ्यमा आरोग्यता र कान्तिबृद्धि हुनेछ । प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ भने खेलाडीहरुको लागि विशेष दिन रहनेछ । श्रीलक्ष्मीले साथ दिने गोचर परेकोले व्यापार व्यवसायबाट उचितमाात्रामा लाभ हुनगई मानसिक एवं शारीरिक सुखसन्तुष्टि मिल्ने छ । कार्यमा देखिएको ब्याबधान हट्नाले अगाडिको ढोका खुल्नेछ भने शत्रुलाई परास्त गर्नसकिने छ । कसैकसैलाई प्रेमप्रद दिनचर्याले मनको एकाग्रता टोड्नसक्ने छ । तीर्थादि भ्रमणको यात्रायोजना बन्नसक्ने छ । आज यहाँको लागि छ अङ्क, हरियो रङ्गको प्रयोग र भगवान शिवजीको दर्शनभक्ति उपाशना गर्नु शुभकर हुनेछ ।

 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan