Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थाइराइड के हो ? यो रोग कसरि लाग्छ ? एक डाक्टरले दिए यस्तो सुझाव ! (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ साउन । थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ ।

थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ ।

हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

मधुमेह भएका बिरामीले वर्षको एक पटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ ।

थायराइड नोड्युल भनेको थायराइड ग्रन्थीको असामान्य वृद्धि हो । थायराइड ग्रन्थी घाँटीमा पाइने गरिन्छ । यो ग्रन्थी सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ ।

थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan