Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल श्रावण २८ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २८ सोमबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको २८ गते  सोमवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १३ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको द्वितीया, ११ः१३ बजेपछि तृतीया   । 

योगः परिध, ०७ः४६ बजेपछि शिव ।

नक्षत्रः  पूर्वफाल्गुनी, २३ः०१ बजेपछि उत्तरफाल्गुनी ।

करणः कौलव ११ः१३ बजे उपरान्त तैतिल ।

चन्द्रमाः  सिंह राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३३ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४२ बजे ।

राहुकालः ०७ः११ बजेपछि ०८ः५१ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी उत्तर–ईशान दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन ज्ञानशक्ति तथा विद्या बढ्नसक्ने छ । पहिला फुर्ति र पछि पछुतो पर्नसक्ने छ, काम फत्ते नभई व्यक्त नगरेकै राम्रो हुनेछ । मान्छेहरुको झ्यास्सै विश्वास गर्नाले पश्चाताप पर्नसक्ने सम्भावना छ होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । भाका तथा आश्वासन पूरा हुन गार्हो परेपनि संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्नसक्ने छ । आज यहाँलाई पाँच अङ्क, रातो एवं सेतो रङ्गको प्रयोग गर्नु र भगवान शिवको स्तुति आराधना गर्नु लाभदायक हुनेछ ।

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन धेरै अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले आज तपाईँले काम कार्य सम्पादन गर्दा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजशको सामना गर्नपर्ने हुनसक्ने छ । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत गर्नेछ । अनिवार्यबाहेकका जनव्यवहारका सवालमा आवश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । संघर्षको बाबजुतपनि आफ्नो कार्यमा लगनशील रहिरहनाले केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ भने कुनै विशेष कार्य सम्पादन गर्दा आमाको आज्ञा लिएर गर्नु फापसिद्ध हुनेछ ।  

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आँटिलो एवम् साहसिलो देखिएको छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्नसकिने छ । कामकार्यमा रुचि बढ्ने छ, व्यवसायिक क्षेत्रको विकास हुनेछ । भातृसुख तथा समझदारी बन्ने दिन छ । शुभचिन्तकसँग भेटघाट हुने तथा सहयोग पनि जुट्ने छ ।  प्रतिस्पर्धा जन्य काममा पनि अग्रता हासिल गर्नसकिने छ । तीन अंक र हरियो रङ्गको उपयोग र गौरीशङ्कर भगवानको स्तुति आराधना गर्नु फापसिद्ध रहने छ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सामानयतया सकारात्मक मान्नसकिन्छ । तथापि केही अदृष्य रोकावटको सामना गर्नपर्ने तथा विरोधाभाष स्थितिको सामना गर्नपर्ने गोचर देखिएको छ । बोलीवचनले खासै महत्त्व नपाउनसक्ने पछि छ । आर्थिक क्षेत्रमा केही संघर्षको सामना पछि अनुकूल हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा भने अल्लि संयमपूर्वक व्यवहार गर्नु पर्ला । सञ्चित धनको अपव्यय हुनसक्ने छ ख्यालपुर्याउनु होला । आज तपाईको लागि दुई अंक, सेतो रंगको प्रयोग र भगवान हनुमानको श्रद्धाभक्ति शुभप्रद रहने छ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन दिनलाई सकारात्मक नै लिनुपर्छ तथापि गोचर केही बाधक अबस्था देखिएको छ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि  मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचारविमर्श हुनसकने छ । पेशागत कामकार्यमा लाभ एवम् सफलता प्राप्त हुनेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मज्बुत बन्नेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र हनुमानदेवको उपाशना गर्नु फापकर हुनसक्नेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन प्रतिकूलता बढ्नसक्ने खालको गोचर परेको छ । कामकार्यमा बढी हतार नगर्नु नै बुद्धिमानी हुनेछ अन्यथा खर्च बढ्ने सम्भावना रहनेछ । विषय तथा कार्य नबुझि अघि बढ्नाले पश्चाताप पर्नसक्ने छ, ख्याल गर्नु होला । केही संघर्ष एवं प्रतिकूलताको बाबजुत सोँच एवं योजना नभएको तर्फबाट आकस्मिक आयआर्जन तथा उपलब्धि हुनसक्ने छ । देशविदेशको यात्रा हुनसक्ने छ । दानदातव्य एवं मान्यजनको दर्शनभेट आदिको लागि पनि दिन उपयुक्त रहेको छ । आज यहाँलाई रातो रङ्ग, पाँच अङ्कको उपयोग र भगवान शिवको आराधना गर्नु शुभकर हुनेछ ।

 

 

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ भने प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने पनि सम्भावना छ । आज यहाँलाई दुई अङ्क, सेतो रङ्गको उपयोग एवं भगवान आसुतोषको स्तुति उपाशना फापकर हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका केही कामहरुलाई पूरा गर्नसकिने छ । राजनीति एवम् समाजसेवा जन्य कामबाट पनि प्रसिद्धि कमाउन सकिनेछ । सम्बन्धितहरुको लागि प्रेम वा विवाह प्रस्तावको पनि सम्भावना छ । एक अंक, रातो रंगको उपयोग र भगवान महादेवको भक्तिआराधना गर्नु सुखद हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन अबरोध तथा अल्मलकोबाबजुत पनि अनुकूल मान्न सकिन्छ । आध्यात्मिक सत्चिन्तन्को वातावरण बन्ने एवम् धार्मिक पक्षप्रति पलाएको नकारात्मक सो“च हटाउने अवसर मिल्ने छ । अपयशजन्य स्थितिलाई सामना गरी परास्त गर्नसकिने छ । रोकिएर रहेका काम अघि बढ्ने र पेशा तथा व्यवसायबाट लाभ हातपर्ने छ । औपचारिक कार्यमा संलग्न हुनपाइनेछ । विरोधीपक्षसँग पनि समन्वय गर्न सकिने गोचर प्रतित भइरहेकोदेखिन्छ । आज यहाँलाई नौ अङ्ग, पहेंलो तथा रातो रङ्ग र विद्वानगुरुजनको आर्शिवाद लिनु शुभकर हुनेछ ।

 

 

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने देखिएको छ । खोजेको काममा अबरोध आउने र बरु महत्त्व नपाएको काम बन्नसक्ने छ । चन्द्रमा लगाएतका ग्रहहरुको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्य र गर्न लागेको कार्यमा प्रभाव पार्ने देखिन्छ । समयको प्रतिकूलतालाई नबुझि जबर्जस्त गर्नाले पश्चातापमा पार्नसक्ने सम्भावना छ, ख्याल गर्नुहोला । आहारविहारमा होसियारी अप्नाउने र फजुलका विषयमा मन नदिने गर्नु नै बुद्धिमानी हुनेछ । सामान्य दैनिकी कार्यलाई भने संयमपूर्वक सम्पादन गर्नसक्नु हुनेछ । आज यहाँलाई आठ अंक, रातो रङ्गको प्रयोग र इष्टदेवको भक्ति बढाउनु हितकर हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । यहाँले आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरिक एवं मानसिक क्षमतामा बृद्धि हुनेछ । आरोग्यता र हिम्मत–क्षमता भने बढ्ने, दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्राको पनि विचार योजना हुनसक्नेछ । प्रतिस्पर्धामा तथा विरोधी उपर विजय प्राप्त हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा सकारात्मक परिणाम हातपार्न सकिने छ । आज तपाईले छ अङ्ग, हरियो रङ्गको उपयोग र भगवान गौरीशङ्करको दर्शनभक्ति गर्नु हितकर हुनेछ । 

 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan