Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अब अन्तराष्ट्रिय विमान स्थल पनि दैनिक ८ घण्टा बन्द हुने, मन्त्री–सचिवबीच असमझदारी सचिवले फाईल रोकिदिंदा दुई वटा निर्णय फिर्ता

सरकारको प्रगति काम भन्दा हल्ला बढी, विदेश गएको श्रीमान् १४ वर्ष देखी सम्पर्

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २९ मंगलबार | Patrapatrika
newsabhiyan
newsabhiyan

साउन २९, काठमाडौं । मन्त्री–सचिवबीच असमझदारी सचिवले फाईल रोकिदिंदा दुई वटा निर्णय फिर्ता
भिषा काफ्ले

तेस्रो वरीयताको उपप्रधानमन्त्रीसहितको पद लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छिरेका थिए, उपेन्द्र यादव । पदबहाल भएको दुई महिना बित्न नपाउँदै मातहतकी सचिव डा पुष्पा चौधरीबारे मन्त्री यादवले चेतावनी दिन थालिसकेका छन्, ‘यस्तै रबैया हो भने काम गर्न सकिँदैन ।’

मन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने फाइलसमेत सचिवले रोकिदिन थालेपछि यादव सचिवसँग रुष्ट छन् । मन्त्रिपरिषद्मा लैजाने फाइल मन्त्रीस्तरीय निर्णय गरेको ७२ घन्टाभित्र प्रधानमन्त्री कार्यालयमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ । उक्त समयभित्र दर्ता नगरे फाइल फिर्ता हुने र पुनस् निर्णय गर्नुपर्ने हुन्छ ।

पछिल्लो दुई निर्णय फिर्ता भएपछि मन्त्री यादव दुईपटक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा टकरावको स्थिति आएको छ । मन्त्री–सचिवबीच असमझदारी रहेको मन्त्रीका स्वकीय सचिव महेश चौरसिया स्वीकार्छन् । भन्छन्, “व्यक्तिगत रूपमा कुनै असमञ्जस्यता छैन तर कार्यशैलीमा सचिवको स्पिरिट कम भएको देखिन्छ ।”

त्यसो त सत्ता साझेदार संघीय फोरम अध्यक्षसमेत रहेका यादवले मन्त्रिपरिषद्मा राख्ने प्रस्तावलाई प्रधानमन्त्री ओलीले शक्ति सन्तुलनकै लागि भए पनि सामान्यतस् नाइँनास्ती गर्ने अवस्था छैन । किनकि, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो प्रयासपछि उनी वरिष्ठ मन्त्रीका रूपमा सिंहदरबार छिरेका हुन् ।

फाइल अड्काउने कुरामा मात्र नभएर संघीय संरचना अनुसारको संरचना निर्माण गर्दा पनि सचिवले निश्चित मानिसको मात्र हितमा हुने गरी एकलौटी संरचना निर्माण गरेको भन्दै कर्मचारीले मन्त्री यादवलाई सच्याउन दबाब दिएका थिए । उनले सबैलाई मिलाएर लैजाने आश्वासनसमेत दिएका पनि थिए । तर, सचिव चौधरीले मन्त्रीसँग छलफल नै नगरी एकलौटी रूपमा संघीय मामिला मन्त्रालयमा संरचना पठाएकी छन् । यद्यपि, उक्त संरचना मन्त्रिपरिषद्बाट भने पारित भएको छैन ।

सचिव चौधरीको बुझाइ भने राजनीतिक कार्यकर्तामार्फत मन्त्रीले आफूलाई बढी दबाब दिएको भन्ने छ । आफू नियम कानुन अनुसार चल्ने र कसैको दबाबमा पनि नपर्ने उनको अडान छ ।

स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीचको यो टक्कर नौलो भने होइन । ०७० पछि मन्त्री–सचिवबीच बिरलै मात्र सहकार्य भएको पाइन्छ । माघ ०७० मा स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेका खगराज अधिकारी र तत्कालीन स्वास्थ्य सचिव डा प्रवीण मिश्रबीच पनि सुखद सम्बन्ध रहेन । बाहिर अन्य कारण देखिए पनि यी दुईबीच राजनीतिक टकराव थियो । टकरावको सुरुआत भरतपुर अस्पताल विकास समितिको अध्यक्ष नियुक्तिबाट सुरु भएको थियो ।

त्यो असन्तुष्टिले पदाधिकारी नियुक्तिमा मात्रै असर गरेन, धेरै नीतिगत विषयमा पनि असर पर्दै गयो । अवकास पाउन केही समय मात्र बाँकी रहेका डा मिश्रले अन्तमा मन्त्रीको निर्णयबाट उठेका फाइलमै सही नगरेपछि दुईबीचको द्वन्द्व उत्कर्षमा पुग्यो । टकरावको असर स्वास्थ्य सेवाको सचिव स्वास्थ्यकर्मीबाट मात्र हुने कानुनी व्यवस्थालाई चुनौती दिँदै मन्त्री अधिकारीले सचिवको एक मात्र दावेदार डा किरण रेग्मीको फाइल सदर गरिदिएनन् । फाइल रोकेर उनले प्रशासन समूहका शान्तबहादुर श्रेष्ठलाई स्वास्थ्य सचिवका रूपमा मन्त्रालय भित्र्याए ।

प्रशासन समूहका सचिव भित्र्याएसँगै नेपाल चिकित्सक संघले विरोध गरे पनि मन्त्री अधिकारीले श्रेष्ठलाई नै निरन्तरता दिए । त्यसपछिका मन्त्री रामजनम चौधरीले पनि श्रेष्ठलाई नै काखी च्यापे ।

स्वास्थ्य सेवामा योग्य कर्मचारीलाई अन्याय गरेको भन्दै  चिकित्सक संघले पुनस् आन्दोलन गरेपछि कामचलाउ अवस्थाका तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा नेकपा एमालेप्रति झुकाव राख्ने १२ औँ तहका डा सेनेन्द्रराज उप्रेतीलाई सचिव नियुक्त गरियो ।

चौधरीपछि स्वास्थ्यमन्त्री भएका कांग्रेसका गगन थापा र उप्रेतीबीचको विवाद सडकमै पोखिएको थियो । कर्मचारी सरुवाका विषयमा सुरु भएको विवादले मन्त्रालयमै दुइटा संयन्त्र चल्ने अवस्थासम्म पुग्यो । कतिसम्म भने मन्त्री मन्त्रालयमा पुग्दा सचिव बाहिर निस्किएर हिँड्ने अवस्था रह्यो । तर, पूर्वसचिव उप्रेती भन्छन्, “कतिपय काम मन्त्रालय संयन्त्रभन्दा बाहिरबाट गर्न खोज्दा नगर्न सल्लाह मात्र दिएको हुँ ।”

थापापछि स्वास्थ्य मन्त्रालय सम्हालेका तत्कालीन माओवादी नेता गिरिराजमणि पोखरेल र उप्रेतीपछि सचिवको जिम्मेवारी पाएकी डा किरण रेग्मीको कार्यकाल पनि सौहार्द रहेन । डा रेग्मीले विभिन्न समितिमा हुने राजनीतिक नियुक्तिमा असहयोग गरिदिइन् । छोटो कार्यकाल स्वास्थ्यमन्त्री भएका पोखरेलले बिदाइ पत्रकार सम्मेलनमा खुलेरै सचिवले सहयोग नगरेको आरोप लगाए । पूर्वसचिव रेग्मी भन्छिन्, “मन्त्रीलाई राजनीतिक बाध्यता थियो होला, मलाई प्रशासनिक र कानुनी बाध्यता ।”

संघीय संसद्को निर्वाचनताका स्वास्थ्यमन्त्री भएका दीपक बोहोराले डा किरण रेग्मीलाई बिदाइ गरे भने डा पुष्पा चौधरीलाई स्वागत गरे । करिब दुई महिना स्वास्थ्यमन्त्री भएका बोहरासँग भने दुवै सचिवसँग विवाद भएन । केपी शर्मा ओली नेतृत्वको सरकार गठनसँगै स्वास्थ्य मन्त्रालय राज्यमन्त्री पद्मा अर्याल ९हाल भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री० को जिम्मामा पर्‍यो ।

अर्यालसँग पनि सचिव चौधरीको सम्बन्ध सौहार्द रहेन । अर्यालले अगाडि बढाएका धेरै फाइललाई निर्णय नगरी अनावश्यक रोकेको भन्दै उनीहरूबीच जुहारी चलेको थियो । तीन महिनाअघि जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको महासभामा अर्यालले आफूलाई जानबाट रोकेर असम्बन्धित मानिस लगेको भन्दै सचिव चौधरी रुष्ट भइन् ।

टकरावको परिणाम सबै स्वास्थ्य सेवालाई एउटै ऐनमार्फत नियमन गर्ने गरी छाता स्वास्थ्य ऐनको मस्यौदा मन्त्रिपरिषद्सम्म पुग्न सकेन । सचिवसँगको मनमुटावका कारण उक्त फाइल मन्त्रालय घुम्दाघुम्दै महिनौँ बित्यो । अन्त्यमा मन्त्रिपरिषद् पुगेको विधेयकको मस्यौदा पुनस् स्वास्थ्य मन्त्रालयमै फर्कियो । प्रत्येक मन्त्री र सचिवबीचको टकरावका कारण ५ वर्षपछि बल्ल राष्ट्रिय स्वास्थ्य सेवा ऐनको विधेयक मस्यौदाका रूपमा मन्त्रिपरिषद्मा पुगेको छ ।

संघीय व्यवस्थामा स्वास्थ्य सेवा संरचनाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । गत चैतदेखि नै जिल्ला संरचना नरहने निर्णय भए पनि स्वास्थ्यमन्त्री स्तरीय निर्णय गरेर दुईपटकलाई थमौती गरिएको छ । संरचना नबन्दा त्यहाँ कार्यरत कर्मचारी व्यवस्थापन र प्रदान हुँदै आएको सेवा कसरी प्रदान गर्ने भन्ने निक्र्योल नभएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनाल बताउँछन् ।

प्रशासन र स्वास्थ्य दुवै समूहका सचिवसँग काम गरेका मन्त्री अधिकारी स्वास्थ्य समूहका सचिव बढी प्राविधिक विषयमा अल्झिने हुँदा राजनीतिक नेतृत्वसँग टकराव पर्ने बताउँछन् । भन्छन्, “राजनीतिक नेतृत्वलाई जनताका काम गर्नैपर्ने दबाब हुन्छ, चाँडो काम होस् भन्ने हुन्छ । तर, सचिवहरु प्रशासकभन्दा पनि बढी प्राविधिक बनिदिनुहुन्छ, त्यहीँबाट बुझाइ फरक पर्न थाल्छ ।”

पूर्वस्वास्थ्य सचिव किरण रेग्मी राजनीतिक नेतृत्व पार्टी र कार्यकर्ताको दबाबमा हुने र सचिव कानुनको दायरामा बस्नुपर्ने हुँदा मनमुटाव सिर्जना हुने बताउँछिन् । भन्छिन्, “मन्त्री र सचिव सँगै बसेर एजेन्डामा छलफल गर्ने हो भने कुनै समस्या हुँदैन । तर, त्यहाँ बिचौलियाले दुईतिर खेल्छन् अनि समस्या उत्पन्न हुन्छ ।” मन्त्रालयको नेतृत्वमा विवादले तल्लो तहका जनताले पाउने स्वास्थ्य सेवामा समेत असर पर्ने पूर्वस्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको अनुभव छ ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को तेस्रो संशोधनले स्वास्थ्य मन्त्रालयको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा स्वास्थ्य सचिवलाई स्थापित गरिदिएको छ । उक्त ऐनको दफा १९ मा स्वास्थ्य सेवाका कर्मचारी मात्र स्वास्थ्य मन्त्रालयको सचिव हुन पाउने प्रावधान छ । यही दफामा टेकेर प्रशासनबाट सचिव ल्याउँदा नेपाल चिकित्सक संघले आन्दोलन गरेको थियो । अन्य समूहको सचिव नआउने र आफूले पनि अन्य मन्त्रालयमा जानु नपर्ने मानसिकताका कारण सचिवमा केही दम्भ देखिने पूर्वमन्त्री अधिकारीको दाबी छ । समाचार कान्तिपुरमा छ ।

अब अन्तराष्ट्रिय विमान स्थल पनि दैनिक ८ घण्टा बन्द हुने


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ९रिह्वीलेटेशन० पिच परिवर्तनका माघदेखि प्रारम्भ हुने भएकोले दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले यो कुरा व्यस्थापिका संसदमा आफ्नो मन्त्रालय अन्तर्गत भएका कामबारेमा जानकारी दिँदै बताएका हुन् ।

रह्वीलेटेशनको कार्य चार महिनामै सकेर २०७६ जेठबाट २४ घण्टा संचालनमा ल्याउने छौुं, उनलले भने । सन् १९८० को दशकमा निर्माण भएको रनवे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।

रनवेको पिच परिर्वतन ९रिह्याबिलिटेसन० प्रक्रिया सुरु भएको झन्डै एक वर्ष भइसकेको छ । तर रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच प्रतिस्पर्धा हुन सकेको थिएन ।

प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल प्राधिकरण बोर्डमा रोकिएको छ । रनवेमा सानो समस्या आउँदा २० मिनेट र ठूलो समस्या देखिएको अवस्थामा पौने एक घन्टासम्म जहाज आकाशमै होल्ड गरेर काम गर्नपर्ने अवस्था छ ।

रनवे सुधारका लागि पैसा, डिजाइन र प्राविधिक रूपमा सक्षम कम्पनी सबै जुटिसक्दा पनि काम अगाडि बढ्न सकेको थिएन । अन्ततस् रनवेको समस्या विकराल बन्दै गएपछि सरकारले विमानस्थल ८ घण्टा बन्द गरेर काम गर्न लागेको हो ।

सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो । तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम गर्‍यो ।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर गरिएको थियो । टेन्डरमा ११ वटा कम्पनीले काम गर्ने इच्छा देखाए पनि परामर्शदाता र टेन्डर मूल्यांकन कमिटीले चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको थियो ।

यसमा चाइना रेलवे नम्बर फाइभ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिडेड, चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पारेसन, चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिडेड र बेइजिङ चाङ्दो म्युनिसिपल इन्जिनियरिङ ग्रुप कम्पनी छन् ।

विमानस्थलकै रनवे सुधारसम्बन्धी दुईवटा काम गरेको, आर्थिकरूपमा कति सक्षम र औजार कति भएको कम्पनी हो भनी एकिन गरेर मात्रै कम्पनी छनोट भएको थियो ।

तर अहिलेसम्म यी कम्पनीबीच लागतका विषयमा प्रतिस्पर्धा हुन सकेको छैन । विमानस्थल कार्यालयले कम्पनी छनोटदेखि ‘रिपोर्ट रिभ्यू’मा सहयोग गर्ने परामर्शदातालाई मात्रै मासिक १० लाख रुपैयाँ खर्च गर्दै आएको छ ।

कम्पनी छनोटसँगै विमानस्थलको इन्जिनियरिङ महाशाखाले चार कम्पनीसँग फाइनान्सियल प्रतिस्पर्धा गराउने स्वीकृति मागका लागि टेन्डर डकुमेन्टको फाइल नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो ।

परामर्शदाताको रिपोर्ट एवम् अध्ययनले तीन हजार मिटरको रनवे र दुई हजार मिटरको ट्याक्सी वे मर्मतका लागि करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरेको छ । रनवे मर्मतका लागि विमानस्थल बन्दका बेला र सुक्खा समयमा मात्रै काम गर्नुपर्ने हुँदा तीन सय ६५ दिन लाग्ने रिपोर्टमा उल्लेख छ । तर, अब यो प्रक्रिया सुर गर्दा पनि रन वेको पीच परिर्वतनको काम सक्ने तीन वर्ष लाग्ने महाशाखाका प्रमुख मुरारी भण्डारी बताउँछन् ।

ु२०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण धावनमार्गले घाम र पानी सहन नसकी वर्षायाममा छिद्रता बढ्दै गएकोले पुनर्निमाण प्रारभ्भ गर्नु परेको हो ’ अधिकारीले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल अहिले सामान्य मर्मतले काम चलाए पनि यसको दीर्घकालीन समाधान रह्वीलेटेशनमात्रै भएको जानकारी मन्त्री अधिकारीले दिए । माघमा भैरहवामा धावनमार्ग बनिसक्ने भएकाले त्यहाँ आपतकालिन उडान सम्भव हुने उनले बताए । यता चार महिनामा धावनमार्गको पिच फेर्ने काम सकेर जेठबाट २४ घण्टा चलाइने मन्त्री अधिकारीको भनाई छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।

एविसी फेस्टिभलमा नेपालको पनि सहभागिता हुने


नेदरल्याण्ड्समा आगामी १ सेप्टेम्बरमा हुने एम्बेसी फेस्टिबलमा नेपालले पनि सहभागीता जनाउने भएको छ ।

नेदरल्याण्ड्सको द हेग नगरपालिकाको सहयोगमा लाईभ वेभे नामक संस्थाले वर्षेनी गर्दै आइरहेको एम्बेसी फेस्टिबलमा नेपाल लगायत संसारका विभिन्न ६२ वटा मुलुकले सहभागिता रहने छ ।

सवै मुलुकहरुले आफ्नो संस्कृति, भेषभुषा, उत्पादित सामाग्रीहरु, पर्यटन प्रवद्र्धन र प्रचार प्रसार गर्नको लागि उक्त फेस्टिवललाई सदुपयोग गर्दै आइरहेका छन् ।

वेनेलक्सका लागि नेपाली दुतावास बेल्जियम, गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्स, नेपाली कन्सुलेट तथा नेदरल्याण्ड्समा रहेका स्थानिय नेपाली संघसंस्थाको संयुक्त प्रयासमा नेपाली प्याभिलियन मार्फत नेपालीका प्राकृतिक संपदा, भाषा, संस्कृति, भेषभुषा, नेपाली उत्पादनहरु, हस्कतला र विभिन्न झाँकीहरु प्रदर्शन गर्न लागिएको हो । समाचार कान्तिपुरमा छ ।

सरकारको प्रगति काम भन्दा हल्ला बढी


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गर्नु स्वाभाविक भएको बताएका छन् । सरकारको पाँच महिने कामलाई अर्धवार्षिक परीक्षाको संज्ञा दिँदै यो अवधिलाई बहुमतको सरकारले उर्वर ढंगले सदुपयोग गर्न नसकेको दाबी गरे ।

‘उमंगले नाँच्ने बेला होइन यो ओली सरकारको, बरु सरकार चुकेको विषयमा गम्भीर ढंगले चिन्तन र आत्मसमीक्षा गर्नुपर्ने भएको छ’, उनले अन्नपूर्णसँग भने, ‘सिन्डिकेट पनि अधुरै रह्यो, होहल्लामात्र बढी भयो । समृद्धिको मानक भनिएको रेलको न सर्भे, न डिपिआर न लगानी कसले गर्ने भन्ने स्पष्ट भएको छ ।’

३३ किलो सुन तस्करीमा सरकारकै एक मन्त्रीले ठुला माछा फेला पार्न बाँकी छन् भने पनि अझैसम्म नागरिकले देख्न नपाएको प्रवक्ता शर्माको भनाई छ ।
‘राष्ट्रियताकै सवालमा प्रधानमन्त्री हुनुअघि र मोदी आउँदाका सन्दर्भले कमजोरी पुष्टि गरिसकेको छ’, उनले थपे, ‘अनावश्यक बखेडा झिकेर चिकित्सा शिक्षा विधेयकको लफडाले एक महिना गलफत्तीमै बित्यो, बंगलादेशका विद्यार्थीबारे गलत अभिव्यक्ति दिएर एक मन्त्रीले राजीनामै दिनुपर्‍यो ।’

प्रवक्ता शर्माले सरकारले मूल्यवृद्धि र लोकतन्त्रमा विपक्षीले गर्ने प्रदर्शन आदिमा पनि सही भूमिका निभाउन नसकेको आरोप लगाए । समाचार अन्नपूर्ण पोष्टमा छ ।

विदेश गएको श्रीमान् १४ वर्ष देखी सम्पर्क विहिन, श्रीमति बाटो हेर्दै


‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् रु’


१६ वर्षदेखि मलेसियाबाट नफर्केका ४५ वर्षीय वीरबहादुर वाइवाकी ३७ वर्षीय फुलमाया वाइवा सम्पर्कविहिन श्रीमान्‌को तस्बिर देखाउँदै । तस्बिर स् होम कार्कीरकान्तिपुर  

उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै आएकी छिन्। मलेसियामा काम गरी फर्केर आउनेलाई भेट्नासाथ आफ्ना श्रीमान् वीरबहादुरको तस्बिर देखाउँदै सोध्छिन्, ‘तपाईले यो मान्छेलाई कतै देख्नु भएको छरु चिन्नुहुन्छरु’

वीरबहादुर २०५९ चैत २० मा मलेसिया उडेका थिए। त्यतिखेर वीरबहादुरको छोरो ७ वर्षको थियो। छोरालाई साह्रै माया गर्थे। बोर्डिङमा पढाउथे। मलेसिया गएपछि यी सवै भुले। उनी के गर्छन्रु कहाँ छन्रु कोसँग बस्छन्रु फुलमाया बेखबर छिन्।

‘धन कमाएर एउटा टेक्ने थलो बनाउला भनेर जानुभएको थियो। मलेसियामा के भयोरु के को हावाले छोयो। थाहा छैन’ फुलमायाले भनिन्, ‘गएदेखि फर्केर आउनु त भएन। हामीलाई सम्पर्क पनि गर्नुभएन। हामी आमाछोरालाई सडकमा ल्याएर छाडिदिनुभयो।’

फूलमायाको वीरबहादुरसँग दोहोरो सम्पर्क नै नभएको ठ्याक्कै १४ बर्ष वित्यो।दुई वर्षसम्म नियमित सम्पर्क हुन्थ्यो। त्यतिखेर मोवाइल थिएन। डेरामा सबैको घरमा ल्याण्डलाइन फोन थियो। ‘कहिलेकाँही त्यहीँ फोन आउथ्यो। दुखसुखको वातचित हुन्थ्यो। बेला बेला मलेसियामा खिचेका तस्बिरहरु पठाइदिनुहुन्थ्यो। त्यो तस्बिर हेरेर नै बुढाको हालखवर थाहा पाउँथे। माटाएको र दुब्लाएको थाहा पाउँथे। सुख छ कि दुख छ भनेर अनुमान गर्थे,’ उनले भनिन्।

उनका अनुसार मलेसिया जाँदा दुई बर्षपछि आउछु भन्थे, आएनन्। तीन वर्ष बितेपछि आउँछु भन्थे, आएनन्। त्यसपछि त फोन नै आउन छाड्यो।‘सुरुमा त पैसा पनि पठाएका थिए। दुई लाख ७० हजार रुपैयाँ पठाए। यो पैसाले मलेसिया जाँदा लागेको ऋण पनि तिर्न पुगेन,’ उनले भनिन्, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर गएका हुन्। तीन वर्षसम्म ब्याजसहित ३ लाख रुपैया पुग्यो। बाँकी ऋण पनि म आफैंले तरकारी बेचेर तिरेँ।’

वीरबहादुर भन्दा ८ वर्षले फूलमाया कान्छी हुन्। अहिले फुलमाया ३७ वर्षकी भइन्।उनी २०५२ को मंसिरतिर काठमाडौं शहर हेर्न पहिलोपटक काठमाडौं आएकी थिइन्। त्यतिखेर उनी १४ वर्षकी थिइन्। नेत्रकाली, सिन्धुलीका साथीभाइ कीर्तिपुरमा गलैचा वुन्न आउथे। उनी घरबाट भागेर गलैचा बुन्न आएकी थिइन्।


‘वीरबहादुरसँग गलैंचा कारखानामै भेट भएको थियो। मलाई गलैचा बुन्न आउँदैन्थ्यो। उहाँले मलाई खाना मात्रै पकाएर दिए हुन्छ। काम गर्नुपर्दैन भनेपछि बिहे गरें’ उनले विगत सम्झिंदै भनिन्,‘बिहे गरेको एक वर्षमै छोरो जन्मियो।’

जेनतेन जिन्दगी चलिरहेको थियो। वीरबहादुर साथमै हुँदा फुलमायाले जिन्दगीमा दुस्ख महसुस गर्नुपरेको थिएन। जव विरबहादुर मलेसिया छिरे। त्यसपछि दुखमाथि दुख थुप्रिदै गयो।‘यो जिन्दगी कसरी जाने होरु थाहा नपाउँदै म भन्दा ८ बर्ष जेठासँग विवाह भयो। परिवारसँग बस्नै मन थिएन भने बरु एक्लै बसेको भए हुन्थ्यो। हामीलाई लिएर सडकमा छाडेर किन गयोरु,’ उनी भन्छिन,‘उनले गर्दा धेरै दुख पाएँ। तनावले दिमाग ठीक ठाँउमा भएन। मानसिक रोगको शिकार भएँ। ‘मसँग कति रोग छन्। मुटुको रोग भएन कि, मृगौलामा पत्थरी भएन कि। फोक्सोको रोग भएन कि’ उनी भन्छिन्,‘बाटाको धुलोमा वसेर काम गरेर खाइरहेको छु। महिनाको १० हजारको औषधी खान्छु।’छोरोको पढाइ पनि बिग्रियो। ‘बालक छोरोले कति दुस्ख झेल्यो’ उनले भनिन्।

उनका अनुसार काटेश्वर जोरपाटीमा तरकारी किन्न आउनेलाई वीरबहादुरको फोटो देखाउँदा कसैले देखेको छु भनिदिन्छन्। कसैले छैन भनिदिन्छन्। अलि अगाडि खोज्नका लागि एक जनालाई फोटो दिएर पठाएका थिए।

‘त्यो मान्छेले भेटेको खबर सुनाए। सोधखोज गरेपछि कम्पनी नै छाडेर अर्कोतिर हिडिदिए भन्छन्’ उनले भनिन,‘हामीसँग पैसा छैन। सम्पत्ति छैन। हामीलाई खाना त धौधौ छ। खोज्न कहाँ जानेरु’

सरकारी निकायमा कहाँ गएर कसलाई भन्ने उनलाई थाहा थिएन। दुई महिना अगाडिमात्रै खोजीको लागि परराष्ट्र मन्त्रालयमा निवदेन दिएकी छिन्। मलेसियामा रहेको नेपाली दूतावासले खोजी भइरहेको जवाफ दिएको छ।

फूलमाया वीरबहादुरबारे बुझ्न धर्म गुरुलाई फोटो देखाउन गइरहन्छिन्।‘यो मान्छेको जिउँदो छ कि छैनरु आउदै आएन।’‘जिम्दो छ कि छैन भनेर भन्दैन। तिम्रो भाग्यमा कर्म गरी खाने लेखेको छ। कर्म गर। बुढोको कमाई खाने भाग्य नै छैन,’ गुरुले ५ चोटीसम्म यही जवाफ दिइसके। उनले सपनामा पनि वीरबहादुर बाँचेकै देखिरहेको बताउँछिन्।

फूलमायाको वीरबहादुरसँग हिसावकिताव गरेरमात्रै मर्ने इच्छा छ। ‘दुखले कति पटक मर्न हिडे। छोरो भएर मर्न सकिन। बालकमा मैले आमा गुमाउँदाको पीडाको अनुभव छ। छोरोलाई त्यो पीडा दिन चाँहिन,’ उनले भनिन्।

उनको श्रीमान् मलेसिया जाँदा जहाँ छोडेर गएका थिए, उनी त्यही बसिरहेकी छिन्। ‘मेरो दुख र मिहेनत देखेर कन्या केटाले समेत विबाह गर्न प्रस्ताव गरेका थिए। मलाई कति मान्छेले फकाए होलान्रु कतिले आश्वासन दिए होलान्। म मेरो बुढो पर्खेर नै बसिरहेको छु। उनको पनि कोही छैन। आमाबुवाको मृत्यु भइसक्यो। एउटा बहिनी थिइन्। उनको पनि मृत्यु भयो। उनलाई सम्झेर माया लाग्थ्यो,’ उनले भनिन्,‘म जहाँ बसेको छु। इमान्दार भएर बसेको छु। उनको इज्जतमा दाग लाग्ने गरी हिडेको छैन। त्यो मलाई कि भगवानलाई मात्रै थाहा छ।’

फूलमायाको छोरो २२ वर्षका भएका छन्। कक्षा ११ भन्दा माथि पढ्न सकेनन्। उनले ऋण खोजेर छोरोलाई कतार पठाएकी थिइन्। कतारको यात्रा त्यति सफल भएन। जानु मात्रैको भयो।
उनलाई छोराले बारम्बार दुइटा प्रश्न गरिराख्छ, ‘बावु आमाले गर्दा पढ्न पाइनँ। जन्म दिएपछि कर्म किन नदिएकोरु सम्पत्ति किन नजोडेकोरु’

‘छोरोको प्रश्नको उत्तर मसँग छैन। मैले सकेको गरे,’ उनी भन्छिन्, ‘छोरोको प्रश्नको उत्तर दिन भने पनि एकपल्ट आऊ। बाँकी जीवन तिम्रै हातमा छ।’ समाचार कान्तिपुरमा छ ।

यस्ताछन केपी सरकारको ५ महिने उपलब्धी


केपी ओली नेतृत्वको सरकारले आफूले पाँच महिनाको अवधिमा गरेका कामका उपलब्धीहरुको विवरण सार्वजनिक गरेको छ। दुई तिहाई बहुमतको सरकारले सोचेअनुरुप काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला पाँच महिने उपलब्धी सोमबार सार्वजनिक गरेको हो।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ असारमसान्तसम्म गरेका महत्वपूर्ण कार्यहरु’ शीर्षकको ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै यातायात सिन्डिकेट अन्त्य, तस्करमाथि कारबाही र प्रभावकारी नियन्त्रण, विकास निर्माणको ढिलासुस्ती हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता गरेको जनाएको छ।

यसैगरी, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, राजदूत नियुक्तिमा मापदण्ड निर्धारण, कन्सुलर प्रमाणीकरण आधा घण्टामै, सुरक्षाकर्मीको दुरुपयोगको अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रबन्ध, अध्यागमन व्यवस्थापनमा टोकन प्रणाली र पेट्रोलियम पदार्थ चुहावट रोक्न लकिङ प्रणालीजस्ता १५ महत्वपूर्ण काम गरेको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ असारमसान्तसम्म गरेका महत्वपूर्ण कार्यहरु’ सार्वजनिक गर्दै यातायात सिन्डिकेट अन्त्य, तस्करमाथि कारबाही र प्रभावकारी नियन्त्रण, विकास निर्माणको ढिलासुस्ती हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता गरेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रकाशन गरेको उक्त पुस्तिकामा ‘सुशासनका लागि मानक थालनी’ गरिएको उल्लेख छ। सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरी देशभर एकैसाथ रुट परमिट खुला गरेको छ।

सुन तस्करमाथि थालिएको कारबाहीबाट संगठित अपराधको सञ्जाल भत्काउने काम पनि सरकारले गरेको छ। विकास निर्माणका काममा भएको ढिलासुस्ती हटाउन कडा कदम चालिएको छ। औचित्यहीन खर्च र अनावश्यक विदेश भ्रमण रोकिएका छन्।

कार्यालय सञ्चालन र साधारण खर्च कम गर्दै पूँजीगत खर्च वृद्धि गर्ने उद्देश्यअनुरुप तयार पारिएको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने नीतिगत मार्गदर्शन, २०७५ कार्यान्वयनमा ल्याइएको छ। सार्वजनिक खरिदमा हुने अनियमिततालाई रोक्न र आर्थिक पारदर्शिता कायम गर्न सिंगल पोर्टलमा आधारित एकीकृत सूचना प्रणाली ९इजीपी० लागू गरिएको छ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित बनाउन विद्युतीय प्रणालीबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति, २०७४ स्वीकृत गरिएको छ। यो प्रणाली हाल कतिपय जिल्लाको वडा तहसम्मै लागू भएको छ।

परराष्ट्र मन्त्रालयमा आधा घन्टाभित्रै कन्सुलर प्रमाणीकरण गर्ने पद्दति सुरुआत गरिएको छ। यसबाट छरितो रुपमा सरकारी दस्तावेजको आधिकारिता प्रमाणित गरिने हुँदा आम उपभोक्तालाई सहज भएको छ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित बनाउन विद्युतीय प्रणालीबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति, २०७४ स्वीकृत गरिएको छ। यो प्रणाली हाल कतिपय जिल्लाको वडा तहसम्मै लागू भएको छ। परराष्ट्र मन्त्रालयमा आधा घन्टाभित्रै कन्सुलर प्रमाणीकरण गर्ने पद्दति सुरुआत गरिएको छ।

राजदूत नियुक्ति मापदण्ड तर्जुमा गरी राजदूत नियुक्तिमा उठ्ने गरेको ‘योग्यतासम्बन्धी प्रश्न’ को नीतिगत रूपमा सम्बोधन भएको छ। घरेलु कामदारका रूपमा दुरुपयोग गरिएका १५१ सुरक्षाकर्मीलाई नियमित सुरक्षा कार्यमा फर्काइएको छ।

लोकमार्गमा हुने अवरोध हटाउन र सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउन विशेष कार्यविधि तयार गरी लागू गरिएको छ। उपत्यका भित्रको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि निर्माण सामाग्री ढुवानी गर्ने ट्रिपर र ठूला मालवाहक सवारी साधनलाई समय सीमा निर्धारण गरी रातको समयमा मात्र उपत्यका प्रवेश गर्न पाउने व्यवस्था लागू गरिएको छ।

अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन विदेशी नागरिक अनुगमन निर्देशिका लागू गरिएको छ। अध्यागमन विभागबाट प्रदान गरिने पर्यटक र गैरपर्यटक भिसा वितरण सेवालाई विद्युतीय टोकन प्रणालीबाट प्रदान गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी, सार्वजनिक गरिएको महत्वपूर्ण कार्यमा पेट्रोलियम पदार्थको ढुवानी गर्दा हुने गरेको चुहावट नियन्त्रण गर्न भारतबाट आउने सबै पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरिएको उल्लेख छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।

हनुमन्ते खोलामा आएको बाढीले बगाउदा एक जनाको मृत्यु


हनुमन्ते खोलामा आएको बाढीले बगाएर भक्तपुरको मध्यपुर थिमिमा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले बगाएर बनेपा नगरपालिका–१४ घरभई भक्तपुर–१० कमलविनायक भत्केको पाटी बस्ने ४२ वर्षीय शंकर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङको शव मध्यपुर थिमि–४ चाणक्य कलेज पछाडीको हनुमन्ते खोलामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताउनुभयो ।

मृतकको शव पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा पठाइएको उहाँले बताउनुभयो । समाचार कान्तिपुरमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan