Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल श्रावण ३० गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३० बुधबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको ३० गते  बुधवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १५ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको चतुर्थी, ०७ः३५ बजेपछि पञ्चमी । 

योगः साध्य ।

नक्षत्रः  हस्त, २१ः१८ बजेपछि चित्रा ।

करणः भद्रा ०७ः३५ बजे पछि बव, १८ः५४ बजेपछि बालव ।

चन्द्रमाः  कन्या राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३४ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः४० बजे ।

राहुकालः १२ः०७ बजेपछि १३ः४५ बजेसम्म ।

यात्राः  भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पूर्व दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन जाँगरिलो परेको छ । थातिरहेका कामहरु पूरा गर्ने जमर्को हुनेछ । स्वास्थ्यमा आरोग्यता र अनुहारमा कान्ति बढ्ने छ । शुभेच्छुक बढ्नेछन् भने विरोधी तत्त्वपाखा सर्ने तथा समझदारीमा आउन सक्नेछन् । विशेष कामकार्य तथा उद्यमविकासको बारेमा योजना बन्नसक्ने छ ।  प्रेम अभिलाषीहरुको लागि पनि दिन अनुकूल रहनेछ । दाम्पत्य एवं प्रेमसुख तथा गौरवानुभूति हुनेछ । अतिरिक्त आर्थिकलाभ हुने, प्रशंसनीय कार्यसम्पादन गर्नसकिने, प्रतिस्पर्धामा विजय भइने र मनोकामना पूर्ण हुने दिन रहेको छ । आज तपाईले भगवान विष्णुको उपाशना आराधना गर्नु थप सफलताकर हुनेछ । 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक रहेको छ । ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ । विद्यार्थीहरुको लागि दिन उपलब्धिमूलक हुनेछ । अन्यले आफ्नो मुख्यकाममा समय दिनु उचित हुनेछ । अन्यथा परकार्य सम्पादन हुने र आफ्नो कार्य थाति रहने हुनसक्ने छ । सन्तानको पक्षबाट सहयोग एवं सन्तुष्टि मिल्नेछ । सैद्धान्तिक अडानले स्यावासी मिल्नेछ । व्यवसायीहरुको लागि व्यवसायिक लाभकर दिन रहेको छ । पाँच अङ्क, रातो रङ्गको प्रयोग र भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति एवं उपाशना गर्नु आज यहाँको लागि शुभप्रद हुनेछ ।

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मनमा संकोचित विचार बढ्नाले सहकमीसँग विवाद हुनसक्ने कुरालाई ग्रहगोचरले लक्षित गरिरहेको हुनाले संयम रहन जरुरी हुनेछ । पारिवारिक कार्यभार बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । अभावको विषयलाई लिएर पारिवारिक असन्तुष्टिको सामना गर्नपर्न पनि सक्नेछ । आज तपाईको पक्षमा अभिमत दिने समर्थकको अभाव खट्किन सक्ने भएकोले सम्बन्धित पक्षमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान विष्णुको स्तुति उपाशना गर्नाले शुभप्रद हुनेछ ।  

 

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन मिश्रित रुपम लिनसकिन्छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुनेछ । सामान्यजसो दैनिक कामकार्यको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा विशेष रुचि बढ्ने छ । महत्त्वपूर्ण कार्ययोजनाको बारेमा पनि जमर्को चाहीँ हुनेछ  । आफन्तीसँग भेटघाट हुने र केहीहद्सम्म सहयोग पनि पाइने छ । व्यवसायिक क्षेत्रबाट आंशिक लाभ पनि गर्नसकिने छ । आज तपाईको लागि तीन अंक, हरियो एवं सेतो रंगको प्रयोग र भगवान श्रीहरिको आराधना उपाशना गर्नु शुभकारक हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन बोलीवचनको प्रभाव सकारात्मक पर्ने ग्रहयोग परेको छ । संभाषण आदिमा माधुर्यताको विकास हुने र मान्छेहरु आकर्षित गर्न सकिने छ ।  समुन्नती हुने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ ।  परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले तथा कसैकसैकोमा शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो बन्नेछ । परपाहुनाको सेवासत्कारमा अल्लि व्यस्त पनि हुनपर्ने सम्भावना रहनेछ । भगवान लक्ष्मीनारायणको दर्शन भक्ति आज तपाईको लागि शुभदायक हुनेछ ।

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन उपलब्धि एवं लाभ गर्नसकिने छ रपनि गोचरमा केही अबरोधको संकेत देखिएको छ । बढी चाहना गरिएको काम भने प्रभावित हुनेछ । तथापि दैनिक कार्य साविकै रुपमा हुने छन् । आफन्तिजनको आगमन हुन, मनमा केही उत्साह तथा खुशी र उमंग बढ्नेछ । प्रशंसा पनि मिल्ने र निमन्त्रणा तथा स्वागत सत्कार प्राप्त हुनेछ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट फाइदा उठाउन सक्नुहुनेछ । तपाईको लागि आज एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ भने भैरवदेवको आराधना उपाशना गर्नाले विशेष काममा आउने अड्चनलाई कम गर्न मद्दत मिल्नेछ । 

 

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन बढीनै यत्न गर्दा थोरैमात्रामा सफलता मिल्ला । सञ्चित धनको खर्च गराउने ग्रहयोग परेको हुनाले ढुकुटीमा ह्रास आउनसक्ने छ । सोँचविचार एवम् विवेक पनि विपरित हुनसक्ने सम्भावना छ, ख्याल पुर्याउनु पर्ला । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । अन्यथा क्षतिखति व्यहोर्न पर्ने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई पनि नकार्न सकिन्न । तीर्थ गमन वा मान्यजन दर्शनभेट आदि गरी खर्चको सदुपयोग गर्नु मनासिव होला । तपाईको लागि आज माँ लक्ष्मीको श्रद्धाभक्ति एवं आराधना गर्नु शुभकर हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग फापकर हुनेछ भने यहाँको आत्मबलमा ग्रहको दुष्प्रभावको कारण आइरहेको ह्रासलाई न्यूनिकरण गर्न भगवान नारायणको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन अनुकूल रहेको छ । अवसर प्राप्त हुने सम्भावना छ । आज तपाईलाई कामकार्यमा विपरितलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । ईज्जत, पदप्रतिष्ठा एवं मानमर्यादा बढ्ने छ । जागिर तथा नोकरी एवं व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । आज तपाईलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहने छ भने भगवान विष्णुको भक्ति आराधना गर्नु शुभदायक हुनेछ । 

 

 

मकर राशिः

मकर राशि हुने व्यक्तिहरुको लागि आजको दिनले अनुकूल मोडलिने देखिएको छ । कामकार्य तथा पेशा वा व्यवसायबाट फाइदा लिनसकिने र उन्नति प्रगति हुनेछ । सहयोगीहरू थपिने छन् । ठूलाबडासँगको भेटघाटले हौंसला बढ्ने तथा महत्त्वकांक्षी भइनेछ । पेशा तथा व्यवसायको विकास हुनगई लाभांश हात पर्नेछ । धर्म–अध्यात्म विषयमा आइरहेको द्वन्दबाट पारपाउन सकिने छ, सत्सङ्गको मनस्थिति बन्नेछ । दाम्पत्यजीवन तथा प्रेमप्रसङ्गमा मधुरता आउनेछ । स्वजनहरुसँग भेटघाट हुनसक्ने छ । जनव्यवहारमा उदारता तथा सहानुभूतिजन्य विचार बढ्ने । आज तपाईलाई नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान विष्णुको स्तुति आराधना गर्नु शुभकारक हुनेछ ।

 

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ । दीर्घरोगीले बढी ख्याल पुर्याउन जरुरी देखिन्छ । कार्यक्षेत्रमासंघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनाले स्वास्थ्यकष्ट हुनबाट बच्न सकिएला । आठ अंक, रातो रङ्ग आज यहाँको लागि उपयुक्त रहनेछ भने आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक उपलब्धिमूलक हुनेछ, रपनि अवसरको दुरुपायोग हुने वा चक्रव्यूहमा परिने हुनसक्ने छ, संयमित हुनसके राम्रो हुनेछ । सांसारिक सुख मिल्ने, सामाजिक मानमर्यादा बढ्ने र सेवा सत्कार पाइने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्न जानाले आजको दिन रमाइलो महसूस हुनेछ । प्रेम पारखीहरुको लागि दिन प्रेमप्रद रहनेछ । विवाह योग्य युवायुवतीले आउने प्रस्तावमा चनाखो हुन जरुरी छ । देश तथा विदेशको यात्राको संयोग पर्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने भगवान लक्ष्मी नारायणको भक्तिआराधना गर्नु फापसिद्ध हुनसक्ने छ ।

 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan