Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्किब्स बास्केटबलमा ७० टिम

दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३० बुधबार |
newsabhiyan

काठमाडौं,३० साउन । 
स्किब्स स्कुलको आयोजनामा चौथो स्किब्स अन्तरविद्यालय थ्री अन थ्री बास्केटबल प्रतियोगिता भदौ २ गतेदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा गरी जम्मा ७० टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले जनाएका छन् । सिनियर ब्वाइजमा ३०, सिनियर गल्र्समा २४ र जुनियर ब्वाइजमा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सिनियर ब्वाइज र गल्र्समा हिमालयन ह्यापी चाइल्ड एकेडेमी (एचएचसीए) तथा जुनियर ब्वाइजमा एन्जल्स हार्ट डिफेन्डिङ च्याम्पियन हुन् । भदौ ५ गतेसम्म हुने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको कोर्टमा हुनेछ ।

दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ हुने
आगामीशनिवार दोस्रो मिष्टर एभरेष्ट नेसनवाइड बडिविल्डिङ च्याम्पियनसीपहुने भएको छ । नेप्लिज फेडेरेशनअफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमाहुने प्रतियोगितामा नेपालभरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागीहुने जानकारी बुधवार आयोजितपत्रकार सम्मेलनमा संघका उपाध्यक्षदिनेश अमात्यले दिनुभयो ।

शुक्रवार प्रि जजिङ राउण्ड संचालनहुने र शनिवार फाइनल चरणको खेल राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालनहुनेछ । प्रि जजिङ राउण्डको खेल ह्वाइट फिल्ड स्कुलखुशीबुमा संचालनहुनेछ । प्रतियोगितामा मेन्स बडिविल्डिङ र मेन्स फिजिक्स  तथावुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

मेन्स बडिविल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दामाथीको तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मेन्स फिजिक्स तर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरु विचप्रतिस्पर्धा हुनेछ । यतामहिला फिटनेश तर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरु विचप्रतिस्पर्धा हुनेछ । प्रतियोगितामाओभरअलविजेताले नगदतीनलाख रुपैया प्राप्तगर्नेछन् । प्रतियोगितामाविभिन्नसमुहकाविजेतालाई पनिनगद पुरस्कारको ब्यवस्थागरिएको संघका महासचिवअजयबज्राचार्यले जानकारी दिए । यसै प्रतियोगितामार्फत पहिलो पटक नेपालमाआयोजनाहुनलागेको मेन्स फिजिक्स र वुमेन्स फिटनेस इभेन्टसका विजेता खेलाडीले पनिनगद पुरस्कार पाउने बताइएको छ ।

अनुमानित ३० लाख रुपैया खर्च हुने सो प्रतियोगितामा सहभागीहुन काठमाण्डौ बाहिरबाट आउने खेलाडीलाई दैनिकभत्ताको पनिब्यवस्थागरिएको आयोजकले जनाएका छन् । पत्रकार सम्मेलनमादिइएको जानकारी अनुसार प्रतियोगितामाविजेताहुने खेलाडीले स्पेनमाहुने वल्र्ड च्याम्पियनसीपमापनि सहभागीहुने अवसर प्राप्तगर्नेछन् ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan