Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विदेश पठाउने नाममा ठगी गरी फरार रहेका निरौला पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३० बुधबार |
newsabhiyan

काठमाडौं, ३० साउन । वैदेशिक रोजगारमा अफगानिस्तान लगायतका मुलुकमा पठाउने झुट्ठा आश्वासन दिई ठगी गरी ७ वर्ष देखी फरार रहेका काठमाडौं महानगरपालिका(१६ बस्ने झापा दुर्गापुर(१ घैलाडुब्बाका ३७ वर्षीय सोमनाथ निरौला बुधबार पक्राउ परेका छन् ।  


निरौला लगायत अन्य प्रतिवादीहरुले २०६८ कात्तिक २५ गतेबाट विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँका दरले ८ करोड भन्दा बढी रुपैंया ठगी गरी फरार रहेको भन्ने पीडितको जाहेरीको आधारमा अन्तर्राष्ट्रिय स्तरमा फरार अपराधीहरुको खोजी कार्यको लागि इन्टरपोल महासचिवालयमा अनुरोध गरी जारी गरिने नोटिस तथा डिफ्युजनका प्रतिवादीहरुलाई अध्यागमन विभागको द्यबिअप ष्कित मा राख्नको लागि प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गरिएको पत्राचारको आधारमा निरौला उपर वैदेशिक रोजगार कसूरमा २०६९ जेठ ३२ गते डिफ्युजन जारी भएको थियो ।

डिफ्युजन जारीका लागि वैदेशिक रोजगार विभाग तिनकुनेले २०६९ जेठ ८ गते नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।


उक्त विभागद्वारा ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरीवाना तोकिएका प्रतिवादी निरौला झापाको काँकडभित्ता, भारतको नयाँ दिल्ली हुँदै चीनको ग्वाङजुबाट नेपाल आउने क्रममा अध्यागमन कार्यालय, त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल गौचरले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो ।


निरौलालाई थप आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan