Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल श्रावण ३१ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । श्रावण महिनाको ३१ गते  बिहीवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको १६ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको पञ्चमी, ०६ः१९ बजेपछि षष्ठी । 

योगः शुभ, २२ः४१ बजेपछि शुक्ल ।

नक्षत्रः  चित्रा, २१ः०२ बजेपछि स्वाती ।

करणः बालव ०६ः१९ बजे पछि कौलव ।

चन्द्रमाः  कन्या राशिमा, ०९ः०७ बजेपछि तुलामा ।

काठमाडौंमा सूर्योदयः ०५ः३५ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः३९ बजे ।

राहुकालः १३ः४५ बजेपछि १५ः२३ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी आग्नेय दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृति बढ्ने ग्रहप्रभाव रहेको छ ।  पेशा एवम् व्यवसायिक क्षेत्रबाट भौतिक उन्नति तथा लाभ गर्नसकिने छ । सुखसन्तोष कर सन्देश प्राप्त हुनेछ । विवाह आदि माङ्गलिक कार्यको प्रक्रियामा सरिक हुनसकिने छ । कार्यक्रम आदिमा संलग्न हुन पर्नसक्ने सम्भावना पनि देखिन्छ । भ्रमण आदिको संयोजलाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । विवाहयोग्य उम्मेदवारको लागि विवाहको प्रस्ताव आउनसक्ने छ । आज यहाँलाई सात अंक, उज्यालो रङ्गको प्रयोग र विपरितलिङ्गी सँगको सहकार्य फापसिद्ध हुनेछ ।  

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल देखिएको छ । स्वास्थ्यमा आरोग्यता र मानसिक हिम्मत एवं शरीरमा क्षमता बढ्ने छ । आज विशेष संघर्ष गर्न पनि सकिने छ । प्रतिस्पर्धामा विजय प्राप्ति हुनेछ । खेलाडिको लागि दिन विशेष उपलब्धिमूलक रहनेछ भने अन्यको लागि पनि पुरुषार्थकर नै हुनेछ । लक्ष्मीकृपा समेत हुने गोचर परेकोले धनऐश्वर्यमा बढोत्तरी हुनेछ भने  प्रशंसनीय कार्य सम्पादन गर्नसकिने छ । विपक्षीहरु पनि सम्झौता गर्न आउन खोज्ने छन् । रणनीतिक योजना सफल हुनेछ । व्यवसायिक उन्नति हुने तथा यात्रायोजना बन्ने र प्रेमसम्बन्ध पनि सफल हुने छ ।

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन विद्यार्थीको लागि बढी उपयोगी रहनसक्ने छ । बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । सर्वसाधारणको हकमा पनि दिन स्वभाविक उपलब्धिकर नै रहनेछ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ ।सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोग शुभ हुनेछ भने विद्याक्षेत्रलाई सहयोग पुर्याउनु पूण्यकर हुनेछ ।

 

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन असमझदारी गराउन खोज्ने गोचरप्रभाव देखिएको छ । बैठक आदिमा मत बाझिने तथा समझदारी हुन गाह्रो पर्ने हुनसक्नेछ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । पारिवारिक असमझदारीको सम्भावना पनि देखिन्छ । कायममानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । स्वास्थ्यलाई पनि अल्लि ख्याल पुर्याउन आवश्यक पर्नेछ । विशेष काम नगरी नहुनेहरुले आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद लिएर अघि बढ्नु उचित हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढेर आएकोले सानातिना काममा सहजै सफलता मिल्नेछ भने नविन कार्ययोजनाको जमर्को तथा प्रस्ताव पनि आउनसक्ने छ ।उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्नसकिने छ । साथै परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्यसिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढ्नेछ । दाजुभाईबीचको द्वन्द पनि सुल्झने गोचरको प्रभाव देखिएको छ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग र माँ बगलामुखीको दर्शन भक्ति गर्नु यहाँको लागि शुभप्रद हुनेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन ढुकुटीमा लक्ष्मीको र मुखमा सरस्वतीको बास हुने ग्रहयोग परेको हुनाले व्यवसायिक प्रगति भइधनदौल तथा खजाना जम्मा हुनेछ भने वाणीमा ओजस्विता बढ्नेछ । आज कवि तथा कवित्रीको कविता, वक्ताको प्रवचन, कलाकर्मीको गीतसंगीत आदिले राम्रो बजार लिनेछ । त्यस्तै सामान्य जनजीवनका व्यक्तित्त्वहरुको लागि पनि मुख्य कार्य विशेषमा आफन्तबाट सहयोग मिल्नेछ । लाभ एवम् सफलताको कारण नयाँ   उत्साह र उमङ्ग तथा कुशलता बढ्नेछ । नाताकुटुम्ब बढ्ने तथा पारिवारिक सदस्य थपिने पनि सम्भावना देखिन्छ ।

 

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन अनुकूल एवं गोचरको स्थितिमा सुधार आएको रहेको छ । मानप्रतिष्ठामा बृद्धि हुने, व्यापार व्यवसायमा बढोत्तरी हुनगइ राम्रो धनलाभ हुने एवं भौतिक सुख शान्ति र प्रशंसा पनि प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नेछ, रोकिएर रहेको कार्य पूर्णताको लागि दृढ भएर अगाडि बढ्नु उचित हुनेछ । सामाजिक जिम्मेवारी थपिने छ भने मनोरञ्जनात्मक कार्यमा पनि सरिक हुनपाइने छ । लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक सम्बन्धको विषयमा चर्चा चल्नसक्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग र भगवान माँ बगलामुखीको स्तुति आराधना गर्नु पूण्यप्रद हुनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन दिनलाई त्यति सहजरुपमा लिन अल्लि नमिल्ने गोचर परेको छ । खर्चका बहानाहरु बढ्ने र कामकार्यमा बाधाव्याबधान आइपर्ने छन् । कार्यक्षेत्रमा अपजशको सामना पनि गर्न नपर्ला भन्न सकिन्न । नसो“चेको विपरित हुनसक्ने सम्भावना पनि देखिएको छ, संहालिन जरुरी हुनेछ । संघर्षगर्नुपर्ने तथा समस्या, शंका–भय जस्ता वातावरणसँग जुध्न आत्मबल बढाउने तथा आत्मबल नगिराउने गर्नुपर्ला । धैर्यतापूर्वक स्वकर्ममा तल्लिन हुनाले केहीहद्सम्म लाभ गर्न सकिने छ । आज यहाँको लागि तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र माँ बगलामुखीको स्तुति फापसिद्ध हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन अनुकूल नै देखिन्छ तथापि अपेक्षा गरेजति लाभ हुनलाई अल्लि ग्रहको अबरोध देखिएको छ । तथापि केही मात्रामा आर्थिक  कोषमा धनद्रव्य सङ्कलन हुनेछ । व्यवसायिक व्यस्ततामा रहनुपर्ने छ । क्षणिक रुपमा भएपनि कमजोरी लुकाउन सकिनेछ । हर्ष एवम् सुखकर समाचार पनि मिल्नेछ । प्रयत्नले सहयोग जुटाउन पनि सकिनेछ । बढी इच्छाएको काम गराउन भने केही ग्रह उपचारको उपाय अवलम्बन गर्नु पर्ने देखिएको छ । सामान्यतया दैनिकी कार्यमा पुरुषार्थ बृद्धि हुने र प्रसंशा पनि मिल्नेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान भैरवदेवको स्तुति गर्नु शुभकर हुनेछ ।

 

मकर राशिः

मकर राशि हुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवं सन्तोषप्रद छ । पेशा तथा व्यवसायको राम्रो प्रचार–प्रसार हुने तथा प्रसिद्धि र लाभांश बढ्ने छ । समाजसेवा, संघसंस्था तथा राजनीतिक क्षेत्र आदिमा संलग्नता अनुसार पदप्रतिष्ठा मिल्नसक्ने देखिन्छ । लौकिक जनजीवनमा पनि मानसम्मान र आर्थिक लाभ हुनेछ । नयाँ कामकार्यको थालनी तथा विशेष योजनामाथि चिन्तनमनन् हुने  गर्नलाई पनि गोचरले मद्दत गरिरहेको छ । ईज्जत प्रतिष्ठा बढ्ने र वचस्व राख्नसकिने छ । उच्चवर्ग तथा निकायमा रहेका व्यक्तित्त्वहरुसँग संपर्कविस्तार हुनसक्ने छ । राज्यक्षेत्रबाट सम्पादन गर्नपर्ने कार्य गर्न सकिने छ। सौहार्द वातावरण बन्ने र शारीरिक सुख एवं मानसिक शान्ति मिल्नेछ ।

 

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन समयले मोडलिएको छ । उन्नति प्रगति हुनेछ । सहयोगीहरू थपिने छन् । ठूलाबडासँगको भेटघाटले हौंसला बढ्ने तथा महत्त्वकांक्षी भइनेछ ।  पेशा तथा व्यवसायको विकास हुनगई लाभांश हात पर्नेछ । धर्म–अध्यात्म विषयमा आइरहेको द्वन्दबाट पारपाउन सकिने छ, सत्सङ्गको मनस्थिति बन्नेछ । दाम्पत्यजीवन तथा प्रेमप्रसङ्गमा मधुरता आउनेछ । स्वजनहरुसँग भेटघाट हुनसक्ने छ । जनव्यवहारमा उदारता तथा सहानुभूतिजन्य विचार बढ्ने । आज तपाईलाई नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र माँ बगलामुखीको स्तुति आराधना विशेष शुभकारक हुनेछ ।

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्ष पर्ने खालको देखिएको छ । सोँचेजस्तो सजिलोसँग कामकार्य सम्पादन गर्न गार्हो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना बढी रहेकोले आहारविहारमा ख्याल पुर्याउनु जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने भय छ ।  हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । ग्रहको प्रतिकूल प्रभावलाई निवारणको लागि आज तपाईँले माँ बगलामुखीको विशेष श्रद्धाभक्ति गर्नुको साथै आठ अङ्क, रातो एवं पहेंलो रङ्गको प्रयोग शुभकर हुनेछ । 

 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan